शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आज २०८२ साउन ०३ गते शनिबारको राशिफल

शनिवार , श्रावण ३, २०८२

आज बि.सं. २०८२ साउन ०३ गते शनिबार ई.सं. २०२५ जुलाई १९ नेपाल सम्बत ११४५ दिल्लागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन कृष्ण नवमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, शुल योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०० मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन पर्दा तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर ०२ मिनेट देखि ०८ बजेर ४५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- आजको दिन आध्यात्मिक र दार्शनिक विषय वस्तु प्रति झुकाव बढ्नेछ । नयाँ सीप वा ज्ञान प्राप्त गर्ने अवसर मिल्नेछ । गरेको प्रयासमा सफलता प्राप्त हुनेछ । सहयोगीहरूको साथ र आफ्नै सक्रियताले आम्दानीको नयाँ स्रोत फेला पार्न सकिनेछ । नयाँ लगानीको सोच राम्रो हुनेछ । कुनै क्षण भावुक हुने सम्भावना भए पनि जीवनसाथी र परिवारको साथले मन प्रसन्न रहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- महत्त्वाकांक्षी र आशावादी दृष्टिकोण उपयोगी हुनेछ, तर खेलवाड वा लापरबाहीले पछुतो मान्नुपर्ने स्थिति आउन सक्छ । ध्यान केन्द्रित गर्न गाह्रो हुने भएकाले एकैपटक धेरै काम थाल्नुभन्दा एक विषयमा मात्र लाग्नु उपयुक्त हुनेछ । बाह्य रूपमा सामान्य देखिए पनि भित्री भावनात्मक तनावले असर गर्न सक्छ । विवादास्पद निर्णयको सामना गर्नुपर्ने समय छ, तर त्यही क्रममा विश्वासिला साथिहरू भेटिन सक्छन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- मानसिक सन्तुष्टि प्राप्त हुने दिन हो । प्रेम सम्बन्धमा प्रगाढता आउन सक्छ, उपहार आदान–प्रदानले सम्बन्ध बलियो बन्नेछ । जीवन साथीसँग निकटता बढ्नेछ । विलासी वस्तु वा उपकरण खरिदमा धन खर्च हुन सक्छ । कुनै नयाँ प्रस्ताव बारे गम्भीर छलफल हुने सम्भावना छ । खर्चमा कटौती गर्दै लगानी गर्ने समय राम्रो हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- आज व्यस्तता रहनेछ । यसले दाम्पत्य वा प्रेम जीवनमा असर पार्न सक्छ । शारीरिक तन्दुरुस्तीप्रति ध्यान दिनु आवश्यक छ । नयाँ ज्ञान वा प्राविधिक विषयमा रुचि बढ्नेछ । परिश्रमी विद्यार्थीले राम्रो सफलता प्राप्त गर्नेछन् । सानो प्रयासले पनि ठूलो सम्मान प्राप्त हुने सम्भावना छ । हिम्मत गरेमा असम्भवजस्तो देखिएको काम पनि सम्भव बन्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :-  आज तपाईंको क्षमता प्रदर्शन गर्ने दिन हो । सिनियर वा अधिकारीहरूलाई प्रभावित तुल्याउन सकिनेछ । प्रेम जीवनमा उपहार पाउने सम्भावना छ, जसले सम्बन्धलाई दीर्घकालीन बनाउनेछ । घर परिवारसँग सुमधुर सम्बन्ध कायम राख्ने वा नयाँ योजना थाल्ने उपयुक्त समय हो । नयाँ व्यापार वा रोजगारीको सुरुवात सफल बन्न सक्छ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- चित्त अस्थिर र व्याकुल हुन सक्छ । तेस्रो व्यक्तिको प्रभावले सम्बन्धमा दूरी आउन सक्छ । मान्यजन र उच्च पदस्थ व्यक्तिबाट समर्थन प्राप्त हुनेछ । भाग्य बलियो रहेकाले कुनै काममा सफलता मिल्नेछ । यद्यपि, अहिले ठूलो निर्णय नलिई व्यवस्थापन र समन्वयमा ध्यान दिनु उत्तम हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :-  कला, साहित्य र अभिनयमा रुचि बढ्नेछ । तर पढाइ वा पेसागत जिम्मेवारीमा ध्यान केन्द्रित गर्नुपर्छ । नयाँ मित्रता वा सम्बन्धको संकेत देखिए पनि कुनै प्रतिबद्धता नगर्नु उपयुक्त हुनेछ । प्रयास गरेमा पदोन्नति वा अवसर प्राप्त हुनेछ । कामसँगै परिवारसँग रमाइलो गर्ने समय पनि मिल्नेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- आज मन हर्षित र ऊर्जा भरिएको हुनेछ । संगीत, सौन्दर्य र कलात्मक वस्तुप्रति आकर्षण बढ्नेछ । ग्यास, ऊर्जा, खेलकुद वा धातुजन्य व्यवसायमा लाभ मिल्नेछ । यद्यपि, मानसिक तनावले सताउन सक्छ । रिस, ईर्ष्या र अहंकारलाई नियन्त्रण गर्नुहोला । आत्मनियन्त्रणले शत्रुलाई पराजित गर्न सकिनेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- परिवार, विशेषत: छोराछोरीबाट सहयोग प्राप्त हुनेछ । छोटो प्रयासले पनि दीर्घकालीन लाभ हुने सम्भावना छ । पुराना साथीभाइसँग भेटघाट हुने दिन हो । लगनशीलता र मिहिनेतको राम्रो प्रतिफल मिल्नेछ । परीक्षा वा प्रतिस्पर्धामा भाग लिनु भएको छ भने आजको प्रयास महत्वपूर्ण हुनेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- मानसिक अस्थिरता देखिन सक्छ, र काममा ढिलाइ हुन सक्छ । अत्यधिक व्यस्तता र हतारोले गल्ती गराउन सक्छ, सतर्क रहनु आवश्यक छ । कीमती सामान वा उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोस् । प्रेम सम्बन्धमा केही असहजता देखिन सक्छ, तर परिवारको साथले मन प्रसन्न रहनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :-  आजको दिन रमाइलो र उत्साहपूर्ण रहनेछ । स्वादिलो खानपान, इष्टमित्रसँगको भेट, प्रेमभाव र सौन्दर्यप्रतिको मोह देखिनेछ । बढुवा वा जिम्मेवारी पाउने सम्भावना छ । परिवार वा आफन्तको काममा हातेमालो गर्नु पर्ने हुन सक्छ । सहकर्मीसँग समन्वयमा कमी आएमा सम्बन्ध बिग्रन सक्छ, सचेत रहनुहोस् । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :-  आज आर्थिक हिसाब किताब मिलाउने राम्रो समय हो । अड्किएको रकम फिर्ता आउने सम्भावना छ । सानोतिनो उपलब्धिले खुसी दिनेछ । बोली र व्यवहारमा नम्रता राख्नुहोस, घरमा सकारात्मकता फैलिनेछ । परीक्षा, प्रतियोगिता वा नयाँ ज्ञानका लागि समय अनुकूल छ । नयाँ विषयमा चासो बढेमा भविष्यमा त्यसले सफलता दिलाउनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया