शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

हाम्रो यात्रामा सामेल हुने सम्पूर्णलाई धन्यवाद !

बिहिवार , श्रावण १, २०८२

वि.सं २०६८ साल साउन १ गते देखि प्रकाशित भएको सिन्धुलीवासीको पत्रिका, सिन्धुली सौगात राष्ट्रिय दैनिक पत्रिका आज १५ औँ वर्षमा टेकेको छ । सबैको लागि सञ्चार भन्ने मुल नाराका साथ सगुन सौगात मिडिया प्रा.ली. को प्रस्तुति सिन्धुली सौगात पत्रिकाले आज १५ वर्षमा टेकिरहदा हामी हाम्रा पाठकवर्ग, विज्ञापनदाता, शुभचिन्तक, लेखक एवं सम्पूर्ण जिल्लावासीलाई कृतज्ञाता व्यक्त गर्दछौँ । हाम्रो १५ वर्षको यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामीसँग जोडिएर हामीलई सहयोग गर्ने सम्पुर्ण पत्रकार साथीहरुलाई हामी धन्यवाद दिन चाहान्छौँ । तपाईँहरुको साथ, सहयोग र मायाबिना यो यात्रा असंभव हुने थियो । सिन्धुलीवासीले हामीलाई अग्रणी संचारगृहका रुपमा स्थापित गराउनु भएको छ । तपाईँहरुकोे मायाले हामीलाई हौसला बढाएको छ । साथै, आगामी दिनमा पनि यहि विरासतलाई कायम गर्न चुनौतिहरु थपिएको छ । विज्ञापनको सधैँ खडेरी हुने सिन्धुली जिल्लामा दैनिक पत्रिका प्रकाशित गर्नु चुनौतिपुर्ण छ । तर समस्याको चाङका बाबजुद, नागरिकको सूचनाको अधिकार प्राप्तिकालागि सिन्धुली सौगातले निरन्तर लडिरहेको छ । जस्तोसुकै समस्याहरु देखिएपनि हामीले १५ वर्षदेखि सिन्धुलीवासीलाई सत्य, तथ्य एवं निष्पक्ष समाचारबाट वञ्चित गराएका छैनौँ । जिल्लामा भएका बेथितिहरुमाथि हाम्रो कलम रोकिएको छैन र आगामी दिनमा पनि रोकिने छैन । साथै, राम्रा कामलाई प्रोत्साहन गर्न पनि हामीले कञ्जुस्याई गरेका छैनौँ । गल्ति मान्छेबाट नै हुने हो र यो यात्रामा हामीबाट पनि गल्ति भएका छन् होला । तर, हामीले ती गल्तिहरुलाई आत्मालोचना गर्दै सच्चिएर हिँड्ने प्रण लिएका छौँ । हामीलाई सहि बाटोमा दौडिनकालागि घच्घचाउने सम्पूर्ण आलोचकहरुलाई हामी धन्यवाद दिदैँ आगामी दिनमा पनि हाम्रा कामहरुलाई निगरानिमा राखेर सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राखेका छौँ । हामी हाम्रो पत्रकारीता क्षेत्र फराकिलो बनाउनकालागि निरन्तर प्रयासरत छौँ । विभिन्न ठाउँमा रहनु हुने सिन्धुलीवासीकालागि हामीले अनलाइनको माध्यमबाट पनि समाचार र पत्रिका प्रकाशित गर्दै आएका छौँ । दुनियाँको जुनसुकै ठाउँमा रहेपनि सिन्धुलीको गतिविधिसँग अपडेट राखिराख्न इपेपर डट सिन्धुली सौगात डट कमबाट हामीले दैनिक सिन्धुली सौगात पत्रिका अपडोल गरिरहेका छौँ । १५ वर्षको यात्रामा हामीले हाम्रा कमिकमजोरीबाट पाठ सिक्दै थप सशक्त भई अघि बढ्ने प्रण लिएका छौँ । जिल्लामा देखिएका बेथितिहरुप्रति हाम्रा कलम कहिले पनि रोकिने छैन । जस्तो सुकै प्रलोभनले पनि हाम्रा कलम नडकमकाउने विश्वास हामी हाम्रा पाठकवर्गहरुलाई दिलाउन चाहान्छौ । ‘ख’ श्रेणिको पत्रिका एवं जिल्लाकै लोकप्रिय पत्रिका बनाइदिनुहुने सम्पूर्णलाई हामी फेरिपनि धन्यवाद दिदैँ आगामी दिनमा पनि साथ, सहयोग, माया र सुझावको अपेक्षा राख्दछौँ ।

विनोद रायमाझी अध्यक्ष/प्रकाशक

प्रतिक्रिया