शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पशुपति शर्माले ल्याए : झोले त तैँ, झोले त मैँ ,(हेरौँ भिडियो)

बिहिवार , आषाढ ५, २०८२

 

काठमाडौँ,०५ असार – लोकगायक पशुपति शर्माले गीत ’झोले त तैँ, झोले त मैँझ बोलको गीत सार्वजनिक गर्नुभएको छ । बिहीबार आफ्नो अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गर्नुभएको हो ।

गीतमा पशुपतिको शब्द, स्वर र संगीत रहेको छ । सार्वजनिक गीतमा पशुपतिले राजनीतिक दल, नेतादेखि कार्यकर्तासम्मलाई व्यंग्य गर्नुभएको छ ।

छाडा गीत गाउनेदेखि क्यामेरामा भाइरल हुने प्रवृत्तिसम्मलाई पनि उहाँले व्यंग्य गर्नुभएको छ । रमाइलो शैलीमा तयार यो गीतले खराब व्यक्ति र प्रवृत्तिमाथि व्यंग्य गरेको छ ।

गीतको भिडिओमा पशुपति स्वयंले अभिनय गर्नुभएको छ । उहाँसँगै जेरी भण्डारी भिडिओमा देखिनुभएको छ । जेरी भण्डारीको कोरियोग्राफी र निर्देशनमा बनेको गीतको भिडिओमा नवराज उप्रेतीको छायांकन, सुजन कोइरालाको सम्पादन छ ।

केही दिनअघि सत्तारुढ दल नेकपा एमालेले सञ्चालन गरेको ’म झोले’ अभियान चलाएको थियो । उहाँले यसैलाई पनि व्यंग्य गर्नुभएको छ । उहाँले व्यंग्य गर्दै शीर्ष नेताहरू सही, खराब त आफूमात्रै भएको भन्नुभएको छ । एमालेको म झोले अभियानको चौतर्फी आलोचना भइरहेको

https://youtu.be/DwTAyL8M03c

प्रतिक्रिया