मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

आज सामान्य अंकले बढ्यो नेप्से परिसूचक

आइतवार , आषाढ १, २०८२

काठमाडौ,०१ असार - साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा अडिएको छ । ११ अर्ब बढीको सेयर कारोबार भएको छ ।

आज ३०८ स्क्रिप्सको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार ६३६ रुपैयाँमा खरिदबिक्री भए । नेप्से परिसूचक सामान्य अंकले बढे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

ग्रीन डेभलपमेन्ट बैंक,पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । बरुण हाइड्रोपावरको ९.८४ प्रतिशतले बढ्दा युनियन हाइड्रोपावरको ९.३४ प्रतिशतले बढयो ।

कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ८९ करोड मूल्य बराबरको सेयर कारोबार भयो । यसैगरी नगदी ग्रुपको ८७ करोडको सेयर कारोबार हुँदा बुटवल पावरको ६४ करोड,राधी विद्युत र माउन्टेलन इनर्जीको ५० ÷५० करोड बराबरको सेयर कारोबार भयो ।

कारोबारमा आएकामध्ये ९० वटा स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो । पाँचवटा समूहको उपसूचक बढ्दा ८ वटाको घट्यो । डेभलपमेन्ट बैंक,हाइड्रोपावर,मनु एण्ड प्रो,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक बढेको हो ।

प्रतिक्रिया