शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रचना रिमालको ह्याम्स अस्पतालमा उपचार हुँदै

बुधवार , जेठ २९, २०८२

काठमाडौं,२८ जेठ – सांगीतिक प्रस्तुतिको लागि रुकुम पश्चिम पुग्नुभएकी गायिका रचना रिमालको स्वास्थ्यमा समस्या देखिएपछि उहाँको अहिले ह्याम्स अस्पतालमा उपचार भैरहेको छ ।

अस्पतालको क्याबिनमा राखेर रचनाको उपचार भैरहेको उनलाई भेट्न पुगेका गायक तथा संगीतकार श्रीधर अधिकारीले जानकारी दिनुभयो । संक्रमणले सानो आन्द्रा सुन्निएको र पेटमा पनि केही समस्या देखिएको उहाँले बताउनुभयो ।

चिकित्सले मंगलबार रातीदेखि औषधि चलाएका छन् । “पानी पनि नखुवाएजसरी औषधि चलाइएको छ । मुख भरेर पानी खान दिइएको छैन । बिर्कोबाट पानी खुवाउनुपरेको छ” अधिकारीले भन्नुभयो ।

औषधि चलाइन्जेल डाक्टरले अहिल्यै खान र जुस पनि नखान सल्लाह दिएको उहाँले जनाउनुभयो । “अझै केही दिन अस्पतालमै उपचार गर्नुपर्ने देखिएको छ । खान खान सक्ने भएपछि मात्र डिस्चार्ज गर्ला” उहाँले भन्नुभयो ।

सुरुमा एपेन्डिसाइटिस भएको अनुमानमा नेपालगञ्जबाट काठमाडौं ल्याइएपनि ह्याम्समा परीक्षण गर्दा सानो आन्द्राको संक्रमण देखिएको श्रीधरले जनाउनुभयो ।

रिमालले रूकुम पश्चिमस्थित सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो । अचानक पेट दुखेपछि उहाँलाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको हो । नेपाली सेनाको हेलिकोप्टरले उहाँको उद्वार गरेको थियो ।

 

 

प्रतिक्रिया