काठमाडौं,२६ जेठ – रामकृष्ण ढकाल र सञ्जीवनीको स्वरमा ’गुराँसजस्तो’ बोलको गीत सार्वजनिक भएको छ । विजय सिवाकोटीको शब्द रचना रहेको गीतमा शम्भुजीत बास्कोटाको संगीत छ। गीतलाई दीक्षित पौडेलले एरेन्ज गर्नुभएको छ ।
प्रेमभावको यो गीतले प्रेमी–प्रेमिकाको वर्णन गर्छ ।
गुराँस जस्तो लागेर हो कि
त्यो रूप मन परेको
मोहनी रंग गुराँसमा हो कि
तिम्रो पो सरेको
रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडिओलाई सुनिल उप्रेतीले निर्देशन गर्नुभएको छ । भिडिओमा रामकृष्ण ढकाल र अम्बिका गुरूङ फिचर्ड छन् ।
वर्णन झुठो गरेको हो कि
साँच्चै मन पराको
जुनीलाई हो कि दुई दिनलाई माया
मन छ यो डराको
गीतका शब्दजस्तै भिडिओ पनि रोमान्टिक भावभंगीमा उतारिएको छ । भिडिओमा मनोज चौहान एण्ड टिमको छायांकन, समीर ओलीको ड्रोन सट् छ भने सम्पादन निर्देशक सुनिलले नै गर्नु भएको छ । गीत ’विजय सिवाकोटी’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
https://youtu.be/UzXmLaJ__I4