शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रित्तिदैछन् सिन्धुलीका सामुदायीक विद्यालय

सोमवार , जेठ २७, २०८२

सिन्धुलीमा ग्रामीण क्षेत्रका सामुदायीक विद्यालयहरु विद्यार्थी अभावका कारण रित्तिदै गएका छन भने सहरका निजी विद्यालयहरुमा विद्यार्थीको चाप बढ्दो अवस्थामा छ । सामुदायीक विद्यालयको शिक्षा निःशुल्क भएपनि गुणस्तरिय नभएको भन्दै अभिभावकहरुको रोजाई सहरको महंगो निजी विद्यालय तर्फ केन्द्रित हुने गरेका छन । घट्दो जन्मदर, बढ्दो बसाइँसराइ, बजारको विस्तार र निजीको प्रभाव लगायतका कारणले गाउँघरका स्कुलमा विद्यार्थी पाउन मुस्किल हुन थालेको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुले हिजोआज विद्यार्थी अभावको समस्या झेल्न थालेका छन् । यस क्षेत्रका संस्थागत (निजी) विद्यालयमा पनि तुलनात्मक रुपमा विद्यार्थी संख्या न्युन हुँदै गएको पाइन्छ ।

विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ ले समायोजनका आधारहरु तय गरेको छ । जस अनुसार, दुई वा सो भन्दा बढी विद्यालय बीचको पैदल दूरी ३० मिनेटभन्दा कम रहेको, हिमालमा १–३ कक्षामा ३० जना वा सोभन्दा कम, १–५ कक्षामा ५० जना वा सोभन्दा कम, ६–८ कक्षामा ३० जना वा सोभन्दा कम, ९–१० कक्षामा ३० जना वा सोभन्दा कम, कक्षा ११–१२ मा ३० जना वा सोभन्दा कम भएको अवस्थामा मर्ज गर्न सकिने उल्लेख छ । कार्यविधी अनुसार सिन्धुली जिल्लामा १–३ कक्षामा ४५ जना वा सोभन्दा कम, १–५ कक्षामा ७५ वा सोभन्दा कम, ६–८ कक्षामा ४५ वा सोभन्दा कम, ९–१० कक्षामा ४० र ११–१२ कक्षामा ४० वा सोभन्दा कम विद्यार्थी संख्या हुँदा समायोजन गर्न सकिने व्यवस्था छ ।

सामुदायीक विद्यालयमा विद्यार्थी संख्या घट्नुमा स्थानीय तहको राजनीति पनि जिम्मेवार छ । स्थानीय तहले आफ्नो पहुँचको आधारमा शिक्षक सरुवा गर्ने, मर्ज गर्ने जस्तो राजनीति गर्नाले पनि विद्यालयमा केटाकेटी भर्ना हुन छाडे । गाउँका विद्यालयमा विद्यार्थी संख्या कम हुँदै जानुमा सतहमा देखिएभन्दा अरु पनि कारण रहेको अध्येताको भनाइ छ । गाउँमा विद्यार्थी घट्नुको मुख्य कारण स्थानीय तहमा रोजगारी नहुनु, बजारबजारशहर बनाउने सरकारको स्पष्ट नीति नहुनु, सामुदायिक विद्यालयमा पढाइ हुने भाषाप्रति आकर्षण घट्नु र जन्मदर घट्नु देखिएको छ । गाउँमा रोजगारी नहुँदा अभिभावक रोजगारीको खोजीमा अलिअलि बजार/शहरमा बसाइँ सरेका छन् । त्यस्ता क्षेत्रहरुमा विद्यार्थी अभावको समस्या धेरै छैन,शहरीकरणबारे सरकारको स्पष्ट नीति नहुँदा जथाभावी .शहर / बजारबनेका छन् । ती शहरहरुमा जथाभावी खुलेका बोर्डिङ स्कुल छन् । जहाँ अधिकांशको आकर्षण रहेको अंग्रेजी भाषामा पढाइ हुन्छ । त्यसपछि घट्दो जन्मदर अर्को मुख्य कारण हो ।

 

प्रतिक्रिया