शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

‘बलिदान’को पोस्टरमा यस्ता देखिए सौगात

शनिवार , जेठ २५, २०८२

काठमाडौँ,२४ जेठ – आगामी दशैंको फुलपातीबाट रिलिजमा आउन लागेको फिल्म ‘बलिदान’का मुख्य नायक समीर भट्टको लुक्स र टिजर सार्वजनिक भइसकेको छ । दर्शकलाई फिल्मका अर्का कलाकार सौगात मल्लको लुक्सको प्रतीक्षा पनि निकै थियो । तर, अब यसको निर्माणपक्षले सौगातको लुक्स सार्वजनिक गरेको छ ।

शनिवार सार्वजनिक दुई पोस्टरमा सौगातको बलियो अवतार देख्न सकिन्छ । उहाँको गेटअपले फिल्मप्रति दर्शकको कौतुहलता अझै बढाउने निश्चित छ ।

सौगात एक पोस्टरमा हतियारको साथमा एंग्री अवतारमा देखिनुभएको छ । लामो कपाल, दाह्री सहित उनको रिसाहा अवतारले बदलाको कथा भन्न खोजेको देख्न सकिन्छ ।

एउटा पोस्टरमा भने सौगातको एउटा आँखा कालो रंगको देख्न सकिन्छ । उहाँको लामो दाह्री, कपाल र गाढा रङको वस्त्र धारण गरेको देख्न सकिन्छ । उहाँको हातमा बलिरहेको राँको पनि छ । पोष्टरले सौगातको द्धन्द्धान्तमक अवस्थाको चित्रण गर्छ ।

यो वर्षकै प्रतीक्षित फिल्मको रुपमा हेरिएको बलिदानमा सौगातको गेटअपले उत्सुकता अझै बढाएको छ । आसुसेन फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यो फिल्ममा समीर र सौगातको साथमा ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त वुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय छ । सन्तोष सेनको निर्देशनमा तयार भएको फिल्ममा पवन ब्राडफोर्ड विष्टको लगानी छ । फिल्मका कार्यकारी निर्माता प्रेम पुरी हुनुहुन्छ ।

प्रतिक्रिया