शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मृत्युअघि अवश्य गर्नुपर्ने महत्वपूर्ण कार्यहरू !

शुक्रवार , जेठ १७, २०८२

हामीलाई थाहा छ, जब मनुष्यको जन्म हुन्छ तब उनको मृत्यु पनि अवश्य नै हुनेछ । भनिन्छ, जन्मसँगै मृत्यु पनि गाँसिएको छ । तर मनुष्य प्राणीले मृत्यु अघि गर्ने पर्ने केही यस्ता कार्य छन् । जसलाई गर्दा मृत्यु पश्चात् पनि पुण्य मिल्नेछ । त्यसैले चर्चा गरौँ मृत्यु अघि कस्ता कार्य गर्ने ?

गंगा स्नान :– हिन्दु धर्ममा गंगालाई केवल नदीको रूपमा मात्र नलिई देवीको प्रतीक पनि मानिन्छ । त्यसैले मानिसहरू गंगामा गएर स्नान गर्छन् त्यसो गर्नाले मनुष्यको मोक्षको ढोका खुल्छ ।

तुलसी पूजन :– धर्मशास्त्र अनुसार यदि विष्णुको पूजा गरिसके पश्चात् तुलसीको पुञ्ज आराधना गरेमा श्री हरी प्रसन्न भई केही शुभ फल प्राप्त हुने शास्त्रमा उल्लेख गरिएको छ ।

भगवान् विष्णुको उपासना :– हरेक हिन्दु धर्मवालीहरूले आफ्नो जीवनमा एक पटक भगवान् विष्णुको या उनको अवतारको पूजा आराधना गर्न अति आवश्यकता छ । भगवान् विष्णुको पूजाअर्चना गर्नाले जीवनमा आइपर्ने सङ्कट नाश हुने पुराणमा उल्लेख छ ।

एकादशी व्रत :–  धार्मिक ग्रन्थका अनुसार एकादशीको दिन व्रत बस्दा मुक्ति पाइने उल्लेख गरिएको छ ित्यस दिन व्रत बस्नाले जीवनमा एकाग्र शक्ति प्राप्त हुनका साथ साथै मृत्युपछि पनि पुण्य प्राप्त हुनेछ ।

ि

प्रतिक्रिया