काठमाडौं,१५ जेठ – अमेरिकी राज्य मिनेसोटाको एक अदालतले एक भारतीय परिवारको मृत्युको मुद्दामा दुई जनालाई दश वर्षको जेल सजाय सुनाएको छ ।
जनवरी २०२२ मा अवैध रूपमा अमेरिका प्रवेश गर्ने प्रयास गर्दा क्यानडामा एक भारतीय परिवारका चार सदस्यको चिसोका कारण मृत्यु भयो ।
यस मुद्दामा अदालतले हर्ष कुमार पटेल र स्टिभ एन्थोनी शान्डलाई मानव बेचबिखनको आरोपमा दोषी ठहर गरेको छ ।
गत वर्ष नोभेम्बरमा, हर्षकुमार रमनलाल र स्टिभ एन्थोनीमाथि अवैध रूपमा मानिसहरूलाई सीमा पार गर्न मद्दत गरेको आरोपमा मुद्दा सुरु भएको थियो ।