केपिले त काठमाडौं कब्जा गर्नुपर्छ भनेछन् नि ? एकजनाले सुनाउनासाथ मैंले “त्यो फेक खबर हो” भन्दिएको थिएँ ! “यस्तो असंवैधानिक, अलोकतान्त्रिक र अमावीय कुरा, त्यसमा पनि प्रमको हैसियतबाट भन्ने कुरै हुन्न नि ! यो फेक खबर हो ! के पत्याएको नि !“
हिजो भिडियोहरू देख्दा म आफै छक्क परें ! त्यो मानिसले मलाई के भन्ठान्यो होला भनेर सोचमग्न भएँ ! सोचें, आजकल मानिस सामाजिक सञ्जाल र हावादारि नेताहरूले गर्दा अकारण नै बेवकुफ हुँदारहेछन् ।
पहिलापहिला माओवादीले ८०% भूभाग कब्जा गरेको, जिल्ला सदरमुकाम र बैंक तथा राज्यका अंगहरू कब्जा गरेको बिषयसँग जोडेर केपीले भनेको कब्जाको तुलना गर्नु जायज हुँदैन । सामन्ती र निरंकुश बिरुद्ध र सत्ताबिरुद्ध दालमोट चिउराको भरमा माओवादी जेसुकै गथ्र्यो भनेर समानता तथा जनताको अधिकार बिरुद्ध सिको गर्ने नाममा जे पनि गर्न त हुँदैन नि ! त्यसो नगरेको भए लोकतान्त्रिक गणतन्त्र आउँथ्यो त ? अहिले जोगाउन त्यो बोलेको तर्क पनि जायज हुँदैन ।
हुन त केपिले गणतन्त्र दिवस धुमधामका साथ मनाओैं भन्न खोजेको जस्तो भान पारेका छन् । राजावादी भन्ने असंगठित र अवैधानिक जमातले कहाँ के गर्न थालेका छन् भनेर नाम लिईराख्नु आवश्यक छैन भन्ने उनको बोली सुनिन्छ । लक्षित उतै हो भने पनि शब्दबाट उनी सुरक्षित देखिन्छन् ।
“वृद्ध नेताहरुलाई हेलिकप्टरबाट भाग्ने छुट दिन्छौं“ भन्दै मण्डले प्रतिक्रियावादीहरुले ध्वाँस दिँदा कथित मानवअधिकार आयोग के हेरेर बस्यो ? केपिलाई प्रश्न गर्नेले यो सवालमा पनि ध्यान त दिनै पर्ला ! लोकतन्त्रको ठेकेदार कांग्रेस के हेरेर बस्यो ? वर्तमान सन्दर्भमा प्रधानमन्त्रीको यत्तिको अभिव्यक्ति जरुरी थियो, आयो भन्नेहरू पनि छन् । “मण्डले सामन्ती प्रतिगामीहरुविरुद्ध यो चेतावनी र त्यसअनुसारको व्यवहार समेत स्वाभाविक र सर्वथा उपयुक्त हुन्छ“ भन्न पनि सकिन्छ ।
राजावादीलाई बोल्न दिनुपर्छ, जति बोल्छन् उति नांगिनेछन् । केपिको जस्तो प्रतिक्रिया हुनुपर्ने अर्कै चरणमा हो नि ! जति बोल्यो उति नांगिने सामन्ती तत्वलाई अझै धेरै बोल्न दिनुपर्छ नि, हैन र ?