आइतवार, कार्तिक २२ गते २०८३

Sunday 8th November 2026

आज २०८२ जेठ ११ गते आइतवारको राशिफल

आइतवार , जेठ १२, २०८२

आज बि.सं २०८२ जेठ ११ गते आइतवार २०२५ मे २५ नेपाल सम्बत ११४५ बछलागा त्रयोदशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण त्रयोदशी, चन्द्रमा मेष राशिमा, अश्‍विनी नक्षत्र, सौभाग्य योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर १० मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा धिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ३५ मिनेट देखि १० बजेर १८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । गुरुजनको सहयोग र बुद्धिको प्रयोगबाट लक्ष्य पहिल्याउन सकिनेछ । तथापि, प्रतिस्पर्धामा केही कमजोरी देखिन सक्छ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आशा मरेको फल पुन: प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउने समय छ । यद्यपि सानातिना काम र घरेलु समस्यामा अल्झिनुपर्ला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । काम सम्पन्न हुन समय लागेपनि परिणाम सकारात्मक हुनेछ । परिवारजनको सहयोग लिँदा अझ फाइदा हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :– स्वास्थ्यमा अलिकति कमजोरी महसुस हुन सक्छ । केही चुनौतीको सामना गर्नुपर्ला । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसायिक विस्तारका लागि यात्रा हुन सक्छ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, तर विवेकले काम लिने प्रयास गर्नुहोला । विचार तौलिएर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । स्थानान्तरणको सम्भावना समेत छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– शौख पुरा गर्न खर्च बढ्न सक्छ । दाम्पत्य सम्बन्धमा मिठास आउनेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ काम पाउने सम्भावना छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । आलस्यले अवसर गुम्न सक्छ । आर्थिक कारोबार अत्यावश्यक अवस्थामा मात्र गर्नु उचित हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । आम्दानीमा उल्लेखनीय वृद्धि हुनेछ । सवारी साधन प्राप्तिको सम्भावना छ । आतिथ्य र सम्मान पाइनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने सम्भावना छ । तर, अरूको भर पर्नु हानिकारक हुन सक्छ । हिम्मत नगर्दा योजना कार्यान्वयनमा ढिलाइ हुन सक्छ । तत्काल लाभ नदेखिए पनि भविष्यका लागि महत्वपूर्ण जग बसाउने मौका छ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :– रोकिएका काम बन्नाले उत्साह बढ्नेछ । संघर्ष गरेरै अधिकार प्राप्त गर्न सकिनेछ । शत्रुहरू परास्त हुनेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । कृषि, पशुपालन र अचल सम्पत्तिबाट लाभ उठाउन सकिनेछ । समय अनुकूल छ । सहयोगीहरूबाट राम्रो साथ प्राप्त हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा लाभ हुनेछ । चुनौती पार गर्दै काम सम्पन्न गर्न सकिनेछ । खर्च बढ्ने सम्भावना छ । व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ । आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिनेछ । यद्यपि, आँटेको काममा सफलता मिल्नेछ । आलोचना, बाधा र धन हानिको सम्भावना भएकाले सतर्क रहनुहोला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– माता पिता वा मान्यजनसँग विवादको सम्भावना छ । पठन पाठनमा प्रगति हुनेछ । आर्थिक लाभ दिने कामबाट फाइदा हुनेछ । स्वादिष्ट भोजनको आनन्द लिने समय हो । अध्ययनमा ध्यान नहुन सक्छ तर आत्मविश्वास बढ्नेछ । रोकिएका कामहरू बिस्तारै सम्पन्न हुनेछन् । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अघिल्लो सम्झौताले अप्ठ्यारो पार्न सक्छ । अरूको व्यवहारप्रति शंका जागेपनि मान्यजनको सल्लाह अनुसार चल्दा फाइदा हुनेछ । भेटघाटमा व्यस्तताले काममा बाधा आउन सक्छ । नयाँ प्रस्ताव आउन सक्छ तर हिम्मत नगर्दा अवसर गुम्न सक्छ । व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा समय बित्न सक्छ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्तिमा ढिलाइ हुन सक्छ । कमजोर मानसिकताले पछि पार्न सक्छ । तर, हिम्मत गरेमा महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय हो । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीहरू सजिलै परास्त हुनेछन् । नयाँ प्रेम सम्बन्ध सुरु हुने सम्भावना छ, जसले विवाहमा परिणति पाउन सक्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– विशेष योजना गोप्य राखेर अघि बढ्नु उपयुक्त हुनेछ । पुरानो तरिकाले काम गर्दा असफलता आउन सक्छ । सोचविनै बोलेको वचनले समस्यामा पार्न सक्छ । गरिएका कर्मको राम्रो फल प्राप्त हुनेछ । कृषि र चौपायामा केही समस्या देखिए पनि आम्दानीको राम्रो अवसर छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :– समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । गुरुजनको मार्गदर्शन र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लगनशीलता र धैर्यले उत्कृष्ट उपलब्धि दिलाउनेछ । बुद्धिको प्रयोगले धेरैलाई आफ्नो पक्षमा पार्न सकिनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा संलग्नहरूलाई विशेष लाभ हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया