मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

हतकडीसहित अभियुक्त फरार

आइतवार , बैशाख १४, २०८२

सुदूरपश्चिम,१४वैशाख - मानव बेचबिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई आज हतकडीसहित फरार हुनुभएको छ ।

मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले आज धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पुर्‍याइएकामा उहाँ हतकडीसहित फरार हुनुभएको हो ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको बेला शाही फरार भएकी बताउनुभयो ।

निजलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया