मंगलवार, श्रावण १९ गते २०८३

Tuesday 4th August 2026

शनिबार जन्मिएका मानिसको आचरण यस्तो हुन्छ

शनिवार , बैशाख १३, २०८२

मानिसको चालचलन, व्यावहार लगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूले बताउँदै आएका छन् ।

मानिसको साल, महिना, गते,जन्म समय, तिथी, बार, योग, करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मबार बाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ ।

शनिबार जन्मेका व्यक्तिहरू हरेक कुरामा पर्फेक्ट हुन्छन् । यस्ता व्यक्तिहरु निकै गम्भीर र जिम्मेवार स्वभावका हुने गर्दछन् । यस्ता व्यक्तिहरू निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुने गर्छन् ।

शनिबार जन्मिएका मानिसको आचरण :

शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् , तपाई निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ अर्को शब्दमा भन्ने हो भने तपाई हरेक कुरामा परफेक्ट हुनुहुन्छ , तपाई हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।

तपाई हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ,तपाईको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ , तपाई पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न , तपाईलाई संगीत र खेलमा रुची हुन्छ ।

तपाईलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न , तपाई जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ , तपाई कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न , तपाईको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

प्रतिक्रिया