मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो

बुधवार , बैशाख १०, २०८२

काठमाडौँ, १० वैशाख - सुनको मूल्य तोलामा रू सात हजार ५०० घटेको छ । मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर रू एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू पाँचले घटेर रू एक हजार ९६५ मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया