आइतवार, कार्तिक २२ गते २०८३

Sunday 8th November 2026

इप्रका खुर्कोटको इञ्चार्ज राईः शान्ति सुरक्षा कायममा उदाहरणीय

बिहिवार , चैत्र २७, २०८१

शान्ति सुरक्षा कायममा उदाहरणीय काम गर्नुभएको इलाका प्रहरी कार्यालय खुर्कोटको इन्चार्ज प्रहरी निरिक्षक एल्जीना राई आफ्नो क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्नुभएको छ । आफ्नो इमानदार, निडर र सेवामुखी कार्यशैलीमार्फत उहाँले प्रहरीप्रतिको परम्परागत धारणा बदल्दै नागरिकको मन जित्न सफल हुनुभएको हो । उहाँले अपराध नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षा र समुदाय–प्रहरी सम्बन्ध सुदृढीकरणमा विशेष ध्यान दिनुभएको छ । विशेष गरेर महिला प्रहरीमा उजुरी लिएर आउन सहज महसुस गरिरहेका छन् । गोलन्जोर गाउँपालिका ७ कि रमिता कार्किले भन्नुभयो, “पहिले प्रहरी कार्यालय जान डर लाग्थ्यो, अहिले राइ म्यामका कारण हामी निर्धक्कसँग सहयोग माग्न जान्छौं । उहाँको व्यवहार निष्पक्ष र सहयोगी छ ।” प्रहरी निरीक्षक राइको यो कार्यशैलीले प्रहरी संगठनप्रति विश्वास पुनःस्थापित गर्न मात्र होइन, महिलाको नेतृत्व क्षमतालाई पनि उजागर गरेको छ । उहाँको कार्यकालमा प्रहरी र समुदायबीचको दूरी घटेको छ । महिलाहरू प्रहरी कार्यालयमा सहज रूपमा पुग्ने वातावरण बनाइएको छ, जसले महिला उजुरीकर्ताको आत्मबल वृद्धि गरेको छ ।

निरिक्षक राइ आएसँगै उक्त क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार आएको स्थानियले बताएका छन् । उहाँको संयोजनमा इप्रकाले घरेलु हिंसा, महिला तथा बालबालिकामाथि हुने अपराध, लागुऔषध कारोबार, चोरी, ठगी जस्ता घटनाहरूमा तीव्र कारबाही गर्दै जनविश्वास जित्न सफल भएको छ । “महिलाले नेतृत्व गर्न सक्छन्, त्यो पनि सुरक्षाको जस्तो चुनौतीपूर्ण क्षेत्रमा भन्ने कुराको उदाहरण हुन् निरीक्षक राई,” गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष पुकार न्यौपानेले बताउनुभयो । निरिक्षक राइले आफ्नो कार्य क्षेत्रमा उत्कृष्ट काम गरेको उहाँले बताउनुभयो । उहाँले मुस्कान सहितको सेवा समेत दिने उपाध्यक्ष न्यौपाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ इलाका प्रहरी कार्यालय खुर्कोटको इन्चाज एल्जीना राई अपराध नियन्त्रण साथै अन्य विषयमा सबैसँग समन्वय गरेर अगाडि बढ्नुहुन्छ, मुस्कान सहितको प्रहरी सेवासहित सम्पूर्ण राजनितिक दल र सबै पक्षसँग छलफल गरेर काम गर्नुहुन्छ । न्याय निरुपण उत्कृष्ट नै छ ।”

उहाँको सक्रियतामा स्थानीय विद्यालयहरूमा बालबालिकालाई साइबर सुरक्षा, लागुऔषधको असर र कानुनी अधिकारबारे सचेतना दिने कार्यक्रम सञ्चालन समेत भएका छन् । “म प्रहरी संगठनमा महिला इञ्चार्ज भएर काम गर्न पाउँदा गर्व गर्छु । मेरो लक्ष्य जनताको विश्वास जित्ने प्रहरी सेवा दिनु हो,” निरीक्षक राइले भन्नुभयो । उहाँकै पहलमा पछिल्लो दिन मुद्दा छिटो कारबाही सम्पन्न गरिएको छ, जसमा घरेलु हिंसा, साइबर अपराध, चोरी, लागुऔषध कारोबार लगायतका घटना सामेल छन् । “नागरिकसँग विश्वासको सम्बन्ध बनाएर मात्र प्रहरीको काम सफल हुन्छ,” निरीक्षक राइले भन्नुभयो, उहाँले प्रहरी चौकीलाई महिला–मैत्री, सुरक्षित र खुला संवादको केन्द्र बनाउन सफल हुनुभएको छ । राइकै अगुवाइमा विभिन्न टोलमा सुरक्षा सचेतना कार्यक्रम, कानुनी साक्षरता अभियान र महिला आत्मरक्षा तालिम सञ्चालन भएका छन् ।

प्रहरी संगठनभित्र महिला नेतृत्वको सशक्त उदाहरण बन्नुभएको निरीक्षक राइको कार्यशैलीले नारी सशक्तिकरणको दिशामा उल्लेखनीय योगदान पु¥याएको छ ।

प्रतिक्रिया