मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

सुनको मूल्य हालसम्मकै उच्च

शुक्रवार , चैत्र १४, २०८१

काठमाडौँ, १५ चैत – सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ

प्रतिक्रिया