आइतवार, कार्तिक २२ गते २०८३

Sunday 8th November 2026

सिन्धुलीमा एसइई दिने नियमित विद्यार्थी घटे

बुधवार , चैत्र ५, २०८१

सिन्धुलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित परीक्षा दिने विद्यार्थी घटेका छन् । तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष झण्डै साढे तिन सय जना नियमित विद्यार्थी घटेका छन् । २०८० सालमा पाँच हजार २२८ जना नियमित परीक्षार्थी रहेकोमा यस वर्ष घटेर चार हजार ९५१ जना नियमित परीक्षामा सहभागी हुँदै छन् । जिल्लामा ग्रेड बृद्धि गर्ने विद्यार्थी भने यस बर्ष बढेका छन् । गत वर्षको तुलनमा या वर्ष ग्रेड बृछि गर्ने विद्यार्थी झण्डै ८ सय बढी रहेका छन् । गत वर्ष २४ जना विद्यार्थी गेडबुद्धिमा सहभागि भएका थिए भने यस वर्ष ८ सय २१ जना विद्यार्थी सहभागि हुदै छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुलीको तथ्याङ्क अनुसार यस वर्ष जिल्लाका २७ वटा परीक्षा केन्द्रबाट नियमिततर्फ चार हजार ९५१ र ८ सय २१ जना ग्रेड वृद्धि गरेर पाँच हजार ७७२ जना विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । यही चैत ७ देखि १९ गतेसम्म एसइई सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयका अनुसार हरेक वर्ष नियमित परीक्षा दिने विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको छ । नियमिततर्फ विद्यार्थी सङ्ख्या घटे पनि अनुत्तीर्ण दर भने बढेको छ । बसाइँसराइ र बेरोजगारी जस्ता कारणले नियमित परीक्षा दिने विद्यार्थी घट्दै गएको पाइएको छ ।

सिन्धुलीमा ५ सय ३५ सामुदायिक विद्यालय र ५१ वटा संस्थागत विद्यालय रहेका छन् भने १६ वटा क्याम्पस रहेका छन् ।

प्रतिक्रिया