आइतवार, कार्तिक २२ गते २०८३

Sunday 8th November 2026

सिन्धुलीमा आफ्नै श्रीमतीको हत्या

सोमवार , फाल्गुण १९, २०८१

सिन्धुली - सिन्धुलीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । आइतबार दुधौली नगरपालिका ८ कछुवाखाडीका २२ वर्षिय दिनेश सदाले आफ्नै श्रीमतीको हत्या गरेका हुन् । आफ्नै घरभित्र श्रीमती १८ वर्षिय अनिशा सदालाई हत्या गरेको भन्ने स्थानियको खबर पछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

सोमबार विहान साढे ७ बजे प्रहरीलाई जानकारी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोबिन्द राज काफ्लेले बताउनुभयो । “घर छेउमा रहेको ईट्टाको गारो जस्ताको छानो भएको भुईतले भान्सा कोठा भित्र कर्तव्य गरि हत्या गरेको भनि आज विहान साढे ७ बजेको समयमा प्रहरी चौकी दुधौलीमा स्थानीयले टेलिफोनमार्फत जानकारी भएको थियो । तत्काल प्रहरी टोली घटनास्थलमा गई श्रीमानलाई नियन्त्रणमा लिएका छौँ ।” उहाँले भन्नुभयो ।

घटनास्थल सुरक्षित राखिएको र इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरिक्षक सिमोन धितालको कमाण्डमा टोली खटि गई मुचुल्का लगायत कानुनी प्रक्रिया भएको उहाँले बताउनुभयो । लास पोष्टमाटमको लागि नगर अस्पताल सिर्थौली ल्याईएको छ । श्रीमानलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रउ काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया