शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा अवैध कारोबारको पहिचान गर

बुधवार , माघ २३, २०८१

विपी राजमार्गको निर्माण र संचालनसँगै सिन्धुली जिल्ला लागुऔषध लगायत अवैध कारोबारकालागी ‘हब’ बन्दै गएको छ । लागुऔषधको ओसारपसारकालागि पनि विपी राजमार्ग सजिलो रुट भएकाले सिन्धुलीमा अवैधानिक कारोबार बढ्दै गएको छ । अवैद्य कारोबारमा जिल्लाका बालबालिका देखि युवा र जेष्ठ नागरिकहरु पनि संलग्न भइरहेका छन् । परिवहनकालागि सिन्धुली जिल्ला उपयुक्त मानिन्छ । काठमाडौँ लगायत पुर्वि जिल्लाहरुसँग सजिलो परिवहन हुँदा सिन्धुली जिल्ला अवैद्य कारोबारको हब बनिरहेको छ ।

सिन्धुली जिल्ला विपि राजमार्ग मध्ये पहाडी लोकमार्ग र हटौडा–धरान, चतरा राजमार्गसँग जोडिएसँगै अवैध कारोबारमा वृद्धि भएको स्थानियहरुले गुनासो गरेका छन् । भारतसँगको खुल्ला सिमानाका कारण सिन्धुलीहुदैँ काठमाडौँसम्म लागुऔषध भित्रने गरेको छ । सिन्धुलीबाट नेपाल–भारतको सिमाना नजिक रहेकाले जिल्लाका युवाहरु भारत गएर लागुऔषध सेवन गर्ने र कारोबारमा समेत संलग्न हुदैँ गएका छन् । तसर्थ, सम्बन्धित निकायले लागुऔषधको कारोबार र सेवनमा कमी ल्याउन प्रभावकारी कार्यक्रमहरु संचालनमा ल्याउनुपर्ने आवश्यकता देखिएको छ । त्यसैगरी, जिल्लामा सुन तस्करीका घट्नाहरु सार्वजनिक नभएपनि तस्करहरु सल्बलाइरहेको गुनासो पनि उत्तिकै छ । तसर्थ, जिल्लामा सुनको अवैध कारोबार र ओसारपसारलाई निर्मुल गर्न जिम्मेवार निकायले कडा अनुसन्धान गरि अवैध कारोबारमा संलग्न रहेकालाई पक्राउ गर्न कञ्जुस्याँई गर्नुहुदैँन । अतः जिल्लामा फस्टाइरहेका अवैध कारोबारको नियन्त्रण गर्न प्रहरी, राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगायत सरोकारवाला निकायबिच गम्भिर छलफलको आवश्यक छ ।

प्रतिक्रिया