शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दुधौली नगर अस्तालमा विशेषज्ञ उपचार सेवा

मंगलवार , मंसिर १८, २०८१

सिन्धुली – दुधौली नगरपालिकाले नगर अस्पताल संचालनमा ल्याएसँगै नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । बिरामी पर्दा सिन्धुलीमाढी, उदयपुर र काठमाडौं अस्पतालमा पुग्ने सर्वसाधारणले अहिले यहीँ उपचार गराउन पाएका छन् । दुधौलीमा यस वर्ष सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या पनि सुन्य भएको छ । दुधौलीमा वर्षेनी आधि दर्जन मानिस सर्पको टोकाइबाट मृत्यु हुनेगरेको बताउँदै दुधौली नगरपालिका मेयर दिनेश अधिकारीले यस वर्ष नगरअस्पतालमा सर्पदशंको उपचार पछि कसैले ज्यान नगुमाएको बताउनुभयो । उहाँले स्थानीयलाई गाउँमै सहजरुपमा स्वास्थ्य सेवा दिन नगर अस्पताल संचालनमा ल्याएको बताउनुभयो ।

नगर अस्पताल सञ्चालन आउनु पूर्व पनि यहाँ थुप्रै स्वास्थ्य संस्था थिए तर, नागरिकको विश्वास नहुँदा स्वास्थ्य संस्थामा बिरामी कम जान्थे । पछिल्लो केही महिनायता उपचारका लागि दुधौली बाहिर जानेको संख्या कम भएको छ । विशेषज्ञ चित्सिक नहुदाँ नागरिक लाखौँ खर्च गरेर अन्य ठाउँमा उपचार गराउन जाने गर्दथे । हाल नगरपालिकाले सिथौली अस्पताललाई नगरअस्पताल बनाएको छ । नगरअस्पतालमा विशेषज्ञ चित्सिक सहितको सेवा रहेको मेयर अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नगरअस्पतालमा हाल दुइ वर्षको लागि मन्त्रालयबाट पठाएको विशेषज्ञ चित्सिक छन् । एमविविएस चार जना, एमडिजिपि एक जना र एमडि एक जना गरि ६ जना डाक्टर छन् । समय–समयमा जर्मन लगाएतका देशबाट विशेषज्ञ चित्सिक ल्याउने गरेका छौँ । स्वास्थ्य सेवाकै लागी बाहिर जानपर्नुे समस्या समाधान भएको छ ।”

पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढेको छ । अस्पतालमा विशेषज्ञ सेवा शुरु भएपछि बिरामीको संख्या पनि दिनदिनै बढ्दै गएको छ । नगरपालिकाले गत माघ देखि दुधौली नगरपालिका–५ सिर्थौलीमा नगर अस्पताल सञ्चालनमा आएपछि दुर्गम गाउँका बिरामीले पनि विशेषज्ञ सेवा पाएका छन् । नगरपालिकाले सिथौली अस्पताललाई स्तरोन्नति गरी १५ शस्याको नगर अस्पताल बनाएको हो । सेवा प्रभावकारी बनाउन र घर आँगनकै अस्पतालबाट गुणस्तरी सेवा दिन अस्पताल प्रशासन गम्भीर बनेर लागेको मेयर अधिकारीले जानकारी दिनुभयो । “यो अस्पताल धेरै पुरानो हो । अहिले नगर अस्पतालमा स्तरवृद्धि भएको छ । हामीप्रति नागरिकको विश्वास बढ्दै गएको छ, यहाँका डाक्टर कर्मचारीले नागरिकको विश्वास जित्ने गरी काम गर्ने कोशिस गरिरहेका छन्”, उहाँले भन्नुभयो “पहिलेका सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउँदै गएका छौँ, केही उपकरण अभाव छ । त्यसलाई पनि प्रदेश सरकारसँग माग गरेर परिपूर्ति गर्ने तयारीमा छौँ ।”

पहिले महिनामा २ सय बिरामी आउने गरेको अस्पतालमा अहिले एकैदिन एक सय बढी बिरामीले सेवा लिने गरेको अस्पतालले जनाएको छ । अस्पतालमा एक जना एमडीजीपी (जनरल फिजिसिन) र एक जना एमबीबीएस डाक्टरले सेवा दिन थालेपछि बिरामी काठमाडौँ जानुपर्ने समस्याबाट मुक्त भएको मेयर अधिकारीले बताउनुभयो ।

स्थानीय देविका दनुवारले नगर अस्पताल सञ्चालनमा आएपछि गरिब नागरिकले सहजरूपमा स्वास्थ्य सेवा पाउन थालेको बताउनुभयो । पहिले गाउँमा कोही बिरामी हुँदा ऋण खोजेर काठमाडौँ पु¥याउने गरेको भन्दै अहिले गाउँ नजिकैको अस्पतालमा उपचार गराउन पाउँदा खुशी लागेको बताउनुभयो । यहाँका स्वास्थ्य चौकी तथा स्वास्थ्य संस्थामा पहिले सामान्य उपचारसमेत नहुने गरेको भन्दै अहिले विशेषज्ञ डाक्टरबाट जाँच र उपचार गराउन पाएको दनुवार बताउनुहुन्छ । “पहिले यहाँका जनताले नजिकमा उपचार गर्न नपाउँदा धेरै दुःख पाए, यहाँ सामान्य उपचार पनि हुँदैनथ्यो, जटिल किसिमका उपचार हुने कुरै भएन, बिरामीलाई टाढा लैजाँदै गर्दा कतिको बाटोमै ज्यान गयो । शहर बजारका अस्पतालमा जाँदा थोरै रकमले पुग्दैनथ्यो । गाउँ घरमा ऋण धन गरेर उपचार गर्न जानु पर्ने अवस्था थियो, अहिले यहीँ उपचार हुन थाल्यो । सामान्य मात्रै होइन, जटिल खालका रोग पनि उपचार हुन थालेका छन् , उहाँले भन्नुभयो ।”

प्रतिक्रिया