शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

यस्तो छ आज शुक्रबारको मौसम पूर्वानुमान

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौँ ,०७ मंसिर – जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्न चापिय प्रणाली अवस्थित रहेको देखिन्छ ।

हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज रातीːदेकोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया