शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सर्लाहीमा गाँजासहित सिन्धुलीका थिङ सहित दुईजना पक्राउ

बिहिवार , कार्तिक २९, २०८१

मलंगवा – सर्लाहीको वरहथवाबाट ११ किलो लागूऔषध गाँजासहित र्दुइजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका ८ का २९ वर्षीय वाङ दोर्जे थिङ र सर्लाही हरीवन नगरपालिका ४ का ३० वर्षीय सागर लामा छन् ।

दुबैजनालाई प्रहरीले बरहथवा नगरपालिका १६ गंगापुर स्थित बागमती नहरबाट बा.प्र.०२–०२१ प २४४४ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा पक्राउ गरेको हो । कालो झोलामा दुई पोकामा अन्दाजी ११ किलो गाँजासहित नियन्त्रणमा लिएर सर्लाही अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

प्रतिक्रिया