शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बडादशैंको शुभकामना

बिहिवार , आश्विन २४, २०८१

नेपाली हिन्दु धर्मावलम्वीहरुको महान पर्व बडादशैँ भित्रिसकेको छ । भोलि फूलपाती भिœयाएसँगै तीन दिनसम्म धुमधामका साथ दशै ँ पर्व मनाउने गरिन्छ । अहिले पुरा देशनै दशैँमय बनेको छ । दशैँ लागेसँगै सडक दुर्घटना, चोरी र लुटपाटमा वृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ । चाडपर्वले उत्साह र उमंग त ल्याउँछ नै, जोशमा होश गुमाउँदा दुर्घटना समेत निम्ते गरेको छ । चाडपर्वमा खुशी हुनु स्वभाविक हो । तर, खुशी हुँदैमा चाडपर्वको बेलामा मानिसले अलि बढी आफूमा खुलापनको महसुस गर्ने भएकाले पनि मानवीय क्रियाकलाप बढी स्वच्छन्दतामा आधारित हुन्छन् । जुवातास र जाँडरक्सीको अत्यधिक प्रयोग पछिल्लो समयमा चाडपर्वका विशेषता जस्ता बन्न पुगेका छन् । यी गतिविधिले एकातिर सामाजिक विकृतिलाई बढावा दिने खतरा रहन्छ भने अर्काेतिर शान्ति सुरक्षाका लागि पनि चुनौती सिर्जना हुनसक्छ ।

चाडपर्वलाई सामाजिकरुपमा विकृतिमुक्त बनाउनु आवश्यक छ । चाडपर्वमा तडकभडक बढ्ने र आधारभूत वर्गका मानिस दबाबमा पर्ने अवस्था आउने भएकाले यसप्रति पनि संवेदनशील बन्नु आवश्यक हुन्छ । चाडपर्वको सबैभन्दा बढी ध्यान दिनुपर्ने क्षेत्र मानिसको भौतिक सुरक्षा पनि हो । चाडपर्वको बेलामा सवारी साधन दुर्घटना पनि बढ्ने भएकाले यसप्रति पनि उत्तिकै सचेत हुनु आवश्यक छ । सहज आवागमनका लागि सार्वजनिक यातायात व्यवस्थित गर्नु जरुरी छ । चाडपर्वको बेला बितेका वर्षहरुमा देखिने समस्या ठूलो चुनौ ती सार्वजनिक यातायातकै  हुने भएकाले सुरक्षित र सहज यात्राका लागि सरोकारवालाहरु गम्भीर हुनु आवश्यक छ । हरेक वर्ष चाडपर्व नजिकिएसँगै महंगी बढ्ने गर्दछ । यो वर्ष पनि महंगीले आकाश छोइरहेको छ । त्यसैले, बजारलाई सन्तुलित बनाउनतर्फ नियमनकारी निकाय चनाखो हुनुपर्दछ । तसर्थ, चाडपर्वमा देखनिे विकृति विसंगति हटाउँदै सकारात्मकता अँगाल्दै चाडपर्व मनाउनतर्फ सबै सचेत हुन जरुरी छ । दशैंको सबैमा हार्दिक शुभकामना ।

सम्बन्धित विषय:

प्रतिक्रिया