शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विपत व्यवस्थापनमा जुटौँ

आइतवार , आश्विन २०, २०८१

प्राकृतिक विपत्ति बाजा बजाएर आउदैँन । तर, सूचना र प्रविधिको विकासले केहि मौसमको पुर्वानुमान लगाउन सक्ने अवस्था छ । विपत व्यवस्थापनमा राज्यको संयन्त्र कमजोर हुँदा वर्षेनि नेपालमा ठूलो जनधनसहित मानविय क्षति हुने गरेको छ । असोज ११ र १२ गते भएको अविरल वर्षाका कारण सिन्धुली सहित मध्य नेपालमा ठूलो क्षति भएको छ । सयौँ नागरिक घरवारविहीन भएका छन् । शोक र पीडाको घडीमा एकताबद्ध भई सम्पूर्ण शक्ति विपत् व्यवस्थापनमा लगाउन आवश्यक छ । राज्यले विपत्त प्रतिकार्यमा देखाएको कमजोरीले गर्दा ठूलो जनधनसहित मानविय क्षति भएको यथार्थ हो । राज्य चुकेपनि अहिले अहिले कसैको आलोचना वा समर्थनभन्दा पनि विपतको पीडा कम गर्नेतिर केन्द्रित हुन जरुरी छ ।

विपत्त व्यवस्थापनसहित पीडितहरुका लागि सहयोग गर्ने क्रम शुरु भएको छ । तर, प्रचारमुखी प्रवृत्तिले संकटमा राहत वितरणलाई समस्या सिर्जना भइरहेको छ । राहतलाई दया होइन, पीडितको आवश्यकता र अधिकारको रुपमा स्थापित गरिनुपर्छ । सहयोग गर्नेले दायित्वको रुपमा र पाउनेले पनि अधिकारको रुपमा बोध गर्न सके लिने दिने दुबैलाई यसले सन्तुष्टि दिनेछ । त्यसैगरि, अहिलेको अवस्थामा सबै काम थाँती राखेर देशको सम्पूर्ण शक्ति विपत् व्यवस्थापनमा केन्द्रित गर्नु आवश्यक छ । जुन–जुन प्रभावित क्षेत्र छन्, त्यहाँ सबै तहका सरकार, राजनीतिक दल र निजी क्षेत्र युद्धस्तरमा लाग्नुपर्ने छ भने प्रभावित नभएका क्षेत्रका नागरिकले पनि आफ्नो गच्छेअनुसार सहयोग गर्न जरुरी छ । अतः भौतिक क्षति भएका संरचनाको पुनर्निर्माण र पुनस्र्थापना गर्नतर्फ सबै सरोकारवाला निकाय एक्यबद्ध हुन आवश्यक छ ।

प्रतिक्रिया