सिन्धुली – सिन्धुलीमा हायस दुर्घटना हुदाँ १५ जना घाइते भएका छन् । बिपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका ८ सिस्नेरीमा काठमाडौँबाट मोरङ तर्फ जादैै गरेको गरेको बा ५ ख ६६१८ नम्बरको हायस आफै अनियन्त्रित दुर्घटना भएको हो ।

हायस अनियन्त्रीत भई सडकको दाहिने साइडको नालीमा ठोकिएको थियो । चालक सहित १५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । दुर्घटनामा हायस चालक मोरङ सुन्दरहरैचा नगरपालिका ९ का ३५ वर्षिय अनुज सुन्दास दुबै खुट्टामा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै सुन्दरहरैचा नगरपालिका १९ का ३० वर्षिय प्रकाश उप्रेती, ईटहरी उपमहानगरपालीका १९ की २० वर्षिय सिसम घिमिरे, बिर्तामोड नगरपालिका ५ का ३२ वर्षिय समिर तामाङ, इंटहरी उपमहानगरपालीका ६ की २४ वर्षिय बिजया तिमल्सीना, मोरङ लेटाङ नगरपालिका ६ का ४७ वर्षिइ गोपाल नेपाली, सोहि स्थानका ३२ वर्षिय दिपेश राई, मधुमल्ला गाउँपालिका ९ का ३२ वर्षिय बम बहादुर खड्का घाइते भएका छन् ।
पांचथर याङ्वरक गाउँपालिका ४ का ३६ वर्षिय बिक्रम सुन्दास, सोहि स्थानका २२ वर्षिइ सुजन सुन्दास, धनकुटा मदलक्षिन नगरपालिका १ का ३३ वर्षिइ गोरख बुढाथोकी, मोरङ सुन्दर हरैचा नगरपालिका १ का ६५ वर्षिइ उपेन्द्र खतीवडा, मधुमल्ला नगरपालिका ९ का ३४ वर्षिइ नेत्र बहादुर खड्का, बिराटनगर महानगरपालिका ८ का २३ वर्षिइ अतुल कटुवाल र तेहथुम छत्र श्री.मा, ६ चस्तेर्षका २८ वर्षिय तिर बहादुर लिम्बु घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको लागि ल्याइाएको प्रहरीले जानकारी दिएको छ ।घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ