शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पिडितलाई अपमान नगर

बिहिवार , आश्विन १७, २०८१

समाजसेवा निस्वार्थ हुन्छ । जस्ले बिना कुनै स्वार्थ कसैको घाउमा मलमपट्टी लगाउन प्रयास गर्छ ऊ नै समाजसेवी हो । समाजको सेवा गर्न प्रचारबाजी र स्टण्ट चाहिँदैन । तर, अहिलेको समाजमा बिना प्रचारबाजी समाजसेवा भएको विरलै देख्न पाइन्छ । मनसुनले निम्ताएको विपत्तिपछिको राहत वितरणमा पनि प्रचारमुखि सेवा गरेको भन्दै आलोचना भइरहेको छ । बाढी, पहिरो र डुबानले सिन्धुलीमा सयौँ घरधुरी प्रभावित भएका छन् । मनसुन केहि मत्थर भएसँगै पिडामा रहेकाहरुलाई राहत वितरण गरिदैँ आएको छ ।

तर, राहत वितरणमा पिडितलाई मज्जाक बनाइएको दृश्य सामाजिक संजालमा देख्न सकिन्छ । राहत वितरणकालागि भन्दापनि फोटो खिचाउन तछाडमछाड गरेको दृश्य सामाजिक संजालमा छ्याप्छ्याप्ती नै छ । पछिल्लो केहि दिन यता पिडितलाई ‘फोकस’ गरेर खिचिएको तस्बिर फेसबुकमा धेरै देख्न सकिन्छ । प्राकृतिक प्रकोपले घरबार विहिन बनाएका स्थानीयलाई राहतले केहि हल्का महशुश त गराएकै छ । तर, अनावश्यक फोटो खिचेर सामाजिक संजालमा पोष्टाउदा उनीहरुप्रति अपमान भइरहेको छ ।

तसर्थ, राहत वितरणको नाममा सस्तो लोकप्रियताकालागि स्टण्ट गरेर बाढि, पहिरो पिडितलाई थप पिडा माथि पिडा नथपौँ । त्यसैगरि, राहत वितरणमा एकजुट भएर पिडितको घाउमा मलमपट्टी लगाउन एक्यबद्ध हुन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया