पछिल्लो मनसुनजन्य विपदपछि आएको बाढी, पहिरो र डुबानले सिन्धुलीमा ठूलो जनधनको क्षति भएको छ । विपद्मा परी सिन्धुलीमा दुईजनाको ज्यान गएको छ भने व्यापक भौतिक क्षति भएको छ । बाढी, पहिरो र डुबानले यहाँका हजारौँ नागरिक प्रभावित भएका छन् । वर्षात रोकिएसँगै राज्यको संयन्त्र, विभिन्न संघ, संगठन लगायत स्थानियहरु सडक मर्मत र उद्धारमा जुटेको अवस्था छ । मुख्यतः बडादशैँ नजिकिएसँगै काठमाडौंसँग पूर्वी नेपाल जोड्ने लाइफलाइन राजमार्ग मानिँदै आएको बिपी राजमार्ग खोल्नकालागि छोटो समय रहेकोले चुनौतिहरु थपिएका छन् । राजमार्ग संचालन गर्दैगर्दा सुरक्षित वैकल्पिक सडक बनाउनतर्फ विशेष ध्यान दिन आवश्यक छ । सडकको ट्रयाकसँगै विपत्तिबाट प्रभावित भएका नागरिकलाई राहत वितरण गर्नतर्फ राज्यको संयन्त्र लगायत सहयोगि मनहरु एकजुट हुन जरुरी छ । मनसुनजन्य विपदले निम्ताएको विपत्तिको एकजुट भएर सामना गर्नतर्फ सबैले एक्यबद्धता जनाउ आवश्यक छ ।
सडक मर्मतकालागि नागरिक जुटेका छन् भने केहि तप्का आलोचनामै व्यस्त छन् । कोहि सामाजिक संजालमा काम गरेको देखाउदैँ स्टण्ट देखाइरहेका छन् भने केहि मुखले भन्दा कामले बोलिरहेका छन् । जे जस्तो भएपनि, विपत्तिको समयमा सबै एकताबद्ध भएर विपत्तिको सामना गरेर विपत्तिको व्यवस्थापन गर्नुतर्फ लाग्न जरुरी छ । अतः एकअर्कोलाई आरोप, प्रत्यारोप वा आलोचना गर्ने भन्दापनि पिडितलाई सहयोगसँगै सडक निर्माणमा एकजुट हुन आवश्यक छ ।