शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

सोमवार , भाद्र १०, २०८१

सिन्धुली– सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार हरिहरपुरगढी गाउँपालिका ३ माडीमा धान गोड्ने क्रममा चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका १ शिखरकी ४० वर्षिय छलिमायाँ थिङको मृत्यु भएको हो । खेतमा धान गोडि रहनुभएको थिङको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो ।

चट्याङ लागेर सोहि खेतमा धान गोडिरहेका दुई जना घाइते भएका छन् । हरिहरपुगढी गाउँपालिका १ शिखरकी ४० वर्षिय लुकुमाया रुम्बा र उहाँको १८ वर्षिय छोरी सुसिला रुम्वा घाइते भएको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । घाइतेको मकवानपुर स्थित लामा पोलिक्लिनिक्समा उपचार भइरहेको उहाँले बताउनुभयो ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया