शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विष्णु माझीको नयाँ तीज गीत ‘आइन आमा यो तीजमा’ सार्वजनिक,(हेर्नुस भिडियो)

आइतवार , भाद्र ९, २०८१

काठमाडौँ - यो बर्ष पनि थुप्रै तीजका गीतहरू सार्वजनिक भए । तर, सार्वजनिक भएका अधिकांश तीज गीतहरू विवादमा परे । कतिपय गीत र भिडियोले त उच्छृङ्खलतालाई प्रोत्साहन गरे ।

यो विचमा दर्शकहरुले गायिका विष्णु माझीको नयाँ तीज गीत आउँछ कि आउँदैन होला भनेर धेरै प्रश्न पनि गरेका थिए । तर, अन्ततः सुपरस्टार गायिका माझीको नयाँ तीज गीत सार्वजनिक भएको छ । ‘आइन आमा यो तीजमा’ बोलको गीत र भिडियो शनिवार सार्वजनिक गरिएको छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा तयार भएको तीज गीतमा विष्णु माझीको कर्णप्रिय स्वर छ ।

यो गीतले एक विवाहित नारीले तीजमा माइती जान नपाएको पीडा पोखेकी छिन् । १६ मिनेट लामो यो गीतको अडियो र भिडियो दुबै शक्तिशाली छ । सुन्दरमणी अधिकारीको निर्देशन र निर्माणमा तयार भएको यो गीतमा मौसम हिमालीको कोरियोग्राफी, प्रवीण भट्टको सम्पादन छ । भिडियोमा मोडल ललिता पौडेलले गज्जबको नृत्य र अभिनय गरेकी छिन् । यो गीतले तीजमा दर्शकको उत्साहजनक साथ पाउने देखिएको छ ।

https://youtu.be/TQ0ElQ2TkmQ?t=234

प्रतिक्रिया