शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विपी राजमार्गलाई सुरक्षित बनाउँ

शुक्रवार , श्रावण ३२, २०८१

सिन्धुलीमा वर्षेनि सडक दुर्घटनामा सयौँले ज्यान गुमाइरहेका छन् । दुर्घटना न्युनिकरणकालागि राज्यबाट लाखौँ रकम खर्च भएपनि प्रभावकारी हुन सकेको छैन । सचेतना कार्यक्रमले मात्र दुर्घटना न्युनिकरण हुन सक्छ भन्नु अत्युक्ति हुन्छ । नयाँ उपकरणले चेकजाँच नगरेसम्म दुर्घटनाको तथ्यांक घट्ना असंभव प्राय छ । तसर्थ, तीनवटा राजमार्गले छोएको सिन्धुलीमा मादक पदार्थ सेवन मापनयन्त्र, गति मापन यन्त्र लगायतका यन्त्रको संख्या बढाउन जिम्मेवार निकायले पहल गर्न जरुरी छ । विपी राजमार्गमा दिनहुँ हजारौँ सवारीसाधन गुड्ने गरेको छ । काठमाडौँ हुदैँ सिन्धुली लगायत पुर्वका जिल्लाहरुसम्म पुग्नकालागि छोटो दुरी भएको विपी राजगमार्गमा साना तथा ठूला गाडीहरुको बाक्लो यात्रा हुने गरेको छ । दिनहुँ जसो साना ठूला दुर्घट्नाहरु विपी राजमार्ग हुदैँ आएको छ । बिहिवार विपी राजमार्ग अन्तर्गत सिन्धुलीको चियावारीमा डबलक्याप बुलेरो दुर्घट्ना हुँदा तिन जनाले ज्यान गुमाएका छन् । यसरी विपी राजमार्गमा सयौँले ज्यान गुमाइसकेका छन् । साना तथा ठूला दुर्घट्नामा ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

सानो बाटो, तिब्र गति, ओभरटेक, सवारीचालकको लापर्वाही लगायत थुप्रै कारणहरुले विपी राजमार्ग यात्राकालागि असुरक्षित बन्दै गएको छ । विपी राजमार्गलाई निजी सवारीसाधनले पनि जाखिमपुर्ण बनाइरहेको छ । निजी सवारीसाधनको तीब्र गतिका कारण राजमार्गमा यात्रा गर्न अफ्ठ्यारो हुने गरेको यात्रीहरुले गुनासो गर्ने गरेका छन् । त्यसैगरि, बुलेरो, हाय्स लगायत सार्वजनिक सवारीसाधनको अस्वस्थ प्रतिस्पर्धाका कारण दुर्घट्नाको संभावन बढिरहेको छ । समग्रमा विपी राजमार्ग मानविय त्रुटिकै कारण असुरक्षित बन्दै गएको छ । रात्रिकालिन गाढीका चालक निदाउने समस्या पनि विपी राजमार्ग उत्तिकै छ । रातको समयमा निद्राको कमिका कारण पनि दुर्घट्ना भइरहेको छ । तसर्थ, विपी राजमार्गमा दुर्घट्नाका कारणहरु पत्ता लगाएर त्यस्को समाधान तर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, विपी राजमार्गलाई सुरक्षित बनाउन सबै सजग हुन जरुरी छ ।

प्रतिक्रिया