संघीयता आएपछि गाउँगाउँमा सरकार पुगेपनि नागरिकले तीनै तहको सरकारबाट समान सेवाको अनुभुति गर्न पाएका छैनन् । टाठाबाठाले राज्यको सेवासुविधा उपयोग गरेका छन् । अशिक्षित वर्ग भने राज्यको सेवासुविधाबाटनै वञ्चित भइरहेका छन् । जनप्रतिनिधिले त्यस्ता वर्गलाई भन्दा पनि शिक्षित र जो सरकारको कामप्रति औँला ठडाउँछन् त्यस्तालाई मात्र प्राथमिकता दिएको अवस्था छ । तसर्थ, केन्द्र, प्रदेश र स्थानीय सरकारबाट प्रदान हुने सेवासुविधाका बारेमा सबै नागरिक सुसुचित साथै लाभान्वित हुन जरुरी छ ।
शिक्षा कमजोर वा चेतनामुकल नागरिक नभएको ठाउँमा जनप्रतिनिधि एक्लोटी तरिकाले चलिरहेको गुनासो आइनै रहन्छ । नागरिकको सेवासुविधा भन्दा पनि आफ्नो आर्थिक सम्पन्नतातर्फ जनप्रतिनिधि लागेका छन् । स्थानीय तहको चुनावपछि जनप्रतिनिधिको हैसियत एकाएक परिवर्तन भएको छ । यी सबै पक्षलाई ध्यान दिएर सरोकारवाला निकायले नागरिकलाई राज्यको सेवासुविधा पुर्याउन जोड दिन जरुरी छ । त्यसैगरि, सबै क्षेत्रमा पहुँच बढाउनकालागि पुर्वाधार निर्माणमा सम्बन्धित निकायले प्राथमिकता दिनुपर्दछ । अतः राज्यका सेबै वर्गसम्म लोकल्याणकारी सेवासुविधा पु¥याउन र उनीहरुलाई लाभान्वित बनाउन तीनै तहको सरकार गम्भिर हुन जरुरी छ ।