शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेपाली जनक्रन्ति र पुष्पकमलको नेतृत्व विवाद

शुक्रवार , श्रावण २५, २०८१

लेखक : बिनोद दाहाल

नेपाली जनक्रान्ति प्रतिक्रियावादी वर्गसँगको संझौता र पुष्पकमलको संसदवादी रुझानले अलमलमा परेको छ । साम्राज्यवाद र विस्तारवादको आढ लिएर प्रतिक्रियावादी शक्तिले संसदमा गतिविधि गरिरहेका पुष्पकमलको धारलाई क्रमशः कमजोर पार्दै लगेका छन् । उनको नेतृत्वमा जनयुद्धमार्फत जनताले र सर्वहारा वर्गले पाएका अधिकारहरू असुरक्षित र कमजोर बन्दै गएका छन् । उनले अझै पनि उक्त संसदवादी धार पक्रिन छोडेका छैनन् । उनको हठिका कारण नेपाली जनक्रान्तिमा उनको नेतृत्व अहिले पनि विवादमा परेको छ । अन्य नेतृत्वले पनि उक्त क्रान्तिको नेतृत्व लिनसक्ने सम्भावना तत्कालका लागि सम्भव देखिएको छैन । पार्टी गुटको सिकार भएको स्वीकारोक्ति हो यो – माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न दिन्न : प्रचण्ड । बेलाबेलामा यो खबर बाहिरिई राखेकै थियो । ओरालो लागेको मृग झैं भएका पुष्पकमल अब प्रमुख प्रतिपक्ष पनि हुननपाउने स्थिति आउनेछ । यसका लागि अदालत प्रयोग गर्नेछन् र संविधानको धारा ७६ (३) आकर्शित भएको बाहाना गर्नेछन् । एमालेलाई बिच्क्यएर प्रमुख प्रतिपक्षी बनाउनेछन् । उनले यही कुरा बुझेर होला चुनावमार्फत ठूलो बनेर फेरि पनि चलखेल गर्न पार्टी प्रवेशका लागि निवेदन गरिराखेका दलहरूलाई अब चाहिँ प्रवेशको ढोका खोलेका छन् । उनले गुटबन्दी राजनीति र संसदवादी राजनीति रोजेका कारण पार्टी फूट र बिभाजनको स्थितिमा पुगेको हो । यो बिषयलाई ढाकछोप गर्न विदेशी शक्तिकेन्द्रले फुटाएको अफवाह फैलाएर आत्मरक्षाको दुस्प्रयास गरिरहेका थिए । अब एकपटक बिद्रोहको नारा बनाएर संसदबाट समाजवादको हावादारि कुरा अघि बढाउनेछन् । पुष्पकमलले पनि आफ्ना केही अत्यन्तै स्वार्थी र घृणित व्यक्तिवादी भक्तजनहरूको झुण्ड बनाएर त्यसमार्फत राजनीति गरेकाले खुम्चिने र साँगुरिने स्थितिमा पुगेका हुन् । केही गम्भीर खालका प्रश्न अझै अनुत्तरित नै छन् । उत्तर दिन आवश्यक नठान्लान् तर जनताको दिमागमा वर्गवैरीले भ्रम सृजना गरिराखेका छन्, उक्त भ्रम चिर्न कोही तयारि अवस्थामा छैनन् । सुप्रिमो प्रचण्ड र जनयुद्धका नायकहरूले एउटा जवाफ दिईहाल्नु पर्ने भएको छ । त्यो के भने रअका पुर्वप्रमुख आरके यादवले मध्यप्रदेशमा “पाहुनाको रुपमा हामीले राखेका मित्र“ भनेका छन् भनेर सिधाकुराले प्रचार गरिरहेको छ । पत्याउनै नसकिने उक्त बिषयमा किन तुरुन्तै खण्डन भैराखेको छैन ? उवेलाको उक्त नेतृत्व कसैले पनि नबोल्नु झनै आश्चार्यको बिषय भएको छ । यो सबै नेतृत्वसामु प्रश्न बनिरहेको छ । कि कोही नेता खुसुक्क त्यही शरण लिएझैं गरि त्यहाँ बसेका थिए र पार्टीका सबै सूचनाहरू साम्राज्यवाद र विस्तारवादको सेवामा चढाईरहेका थिए ? सबैले देखेकै छन्, वलिदानीपूर्वक योगदान गरेका नेता–कार्यकर्तालाई अपमान गर्दै पार्टी अपराधि, तस्कर र दलाल पुँजीपतिलाई बिक्रिका लागि राखियो । जब पार्टी पैसामा बिक्छ अनि पुष्पकमल र लार्क्यालको हुनपुग्छ । त्याग र वलिदान गर्नेहरू त वेकम्बा बनाईन्छ र अपमानित गरिन्छ । हाम्रो देशमा कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने सवाल एकदमै जटिल छ । कुनै दलकहाँ अरू दलहरू मिल्नआउने सम्भावना छैन र कुनै नेतृत्वसँग अरू नेतृत्वहरू मिलेर बस्नआउने सम्भावना छैन । यस्तो किन छ भने यी कुनै पनि दल र नेतृत्व कम्युनप्रति इमानदार छैनन् । नयाँ नेतृत्व, नयाँ दल र नयाँ बिचार संश्लेषण आजको आवश्यकता हो । यो देशको बर्तमान अवस्थाको बस्तुवादी ठोस विश्लेषण साथ नयाँ संश्लेषण गरि सचेतपहल लिनु नै अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया