शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

लोकतन्त्रको मर्म बुझ

सोमवार , श्रावण २१, २०८१

देशले लोकतन्त्र पाएको यतिका वर्ष बितिसक्दा पनि नागरिकले गाँस, बाँस र कपासको लागि भौतारिरहनु दुर्भाग्य हो । लोकतन्त्रको आभास गराउन नेतृत्वकर्ता, राजनैतिक दल र सम्बन्धित सबै गम्भिर नहुदा दिनानुदिन नागरिकहरु समस्यामा परेका छन् । नेपालमा ‘लोकतन्त्र’ लाई केवल भावुक बिम्बका रूपमा नलिई लिइ मानवीय सभ्यता र समृद्धिको एकीकृत उपयोगतर्फ ध्यान दिन आवश्यक छ । अब सबै जनअपेक्षा मनन गर्दै लोकतन्त्रको व्यावहारिक प्रयोग गरिनुपर्छ । दुई शताब्दीभन्दा लामो राजतन्त्र उन्मूलन गर्दै २०६३ साल वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएपछि थुप्रै राजनितिक उपलब्धिहरु भएका छन् । आधुनिक नेपालको इतिहासमा नेपाल छिमेकीजस्तो अन्य देशको औपनिवेशिक भाग बन्नुनपरे पनि कहिले जहानिया शासन त कहिले नि रंकुश राजतन्त्रको भुमरीमा लामो समय रहन गयो । अन्ततः नेपाली जनताले देशलाई गणतान्त्रिक बनाउन र सबैखालका औपचारिक बन्धनबाट औपचारिक रूपमा मुक्त गराई छाडे । तर, लोकतान्त्रिक देशमा आर्थिक–सामाजिक खासै परिवर्तन हुन सकिरहेको छैन ।

देशमा लोकतन्त्र ल्याउन जति कशरत भएपनि लोकतन्त्रको पद्धतिमा राजनैतिक दल र नेतृत्व पिछडिदै गएको छ । लोकतन्त्रको मर्मलाई बुझ्न नसक्दा देश समृद्धितर्फ बढ्न सकेको छैन । प्रधानमन्त्रीले जतिनै समृद्धिका कुरा गरेपनि कार्यान्वयन फितलो देखिएको छ । भ्रष्टाचार दिनानुदिन बढ्दै गएको छ भने राजनैतिक दलले लोकतन्त्र पद्धतिलाई लत्याउँदै आएको थुप्रै घ ट्नाहरुले देखाउँछ । अतः लोकतन्त्रको मर्मलाई सम्मान गर्दै सरकार, राजनैतिक दल लगायत सम्पूर्ण पहुँचमा रहेका निकाय र व्यक्तिले नागरिकको हक, हित र सम्मानपुर्वक बाँच्ने अधिकारलाई सुनिश्चित गर्न जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया