शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको सडकले निम्ताएको समस्या

शनिवार , श्रावण १९, २०८१

वर्खायाँममा सिन्धुलीको विभिन्न स्थानीय तहमा रहेको ग्रामीण सडकले यात्रुहरुलाई सधैँ पिरोल्ने गरेको छ । वर्षाका कारण सडक हिलाम्मे भएर यात्रानै गर्न नसक्ने अवस्था हुने गर्दछ । पहिरोका कारण पनि सडक अवरोध हुदैँ आएको छ । हरेक वर्षको वर्खायाममा ग्रामीण सडकमा यात्रा गर्न स्थानियलाई मुश्किल हुने गरेको छ । वर्षेनि देखिने समस्यालाई हल गर्न स्थानिय तहले कुनै पनि वास्ता नगरेको जनगुनासो छ । वर्षातको समयमा बाटो बिग्रने र अवरोध हुँदा आवतजावत गर्ननै समस्या हुने गरेको छ । सडक निर्माण गर्दा दिगो संरचना नबनाई कामलाई अघि बढाउदा समस्या देखिने गरेको छ । विशेषगरि, पानी पर्ने मौसममा हिँड्नै नहुने गरि सडक बिग्रिने गरेको छ ।

ग्रामीण सडकमात्र नभएर राजमार्गमा समेत वर्षायाममा यात्रा गर्न कठिन हुने गरेको छ । राजमार्गमा पहिरोका कारण बाटो अवरुद्ध हुने गरेको छ । सडक सुरक्षाकालागि न्युनतम मापदण्ड पनि पुरा नहुदा समस्या हुने गरेको हो । तसर्थ, स्थानिय तह लगायत सम्बन्धित निकायले सडक स्तरोन्नतिमा जोड दिन आवश्यक छ । त्यसैगरि, वर्खायाममा दुःख दिने सडकको सुधारकालागि आवश्यक कदम चाल्न पनि सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया