हाल देशका ७३ जिल्लामा डेंंगुको प्रकोप देखिएको छ । अहिले डेंगुबाट बिरामी हुनेको संख्या चुलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसर दुई हजार ६१ जनामा संक्रमण देखिएको । डेंगु सरुवा रोग होइन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको संक्रमण थप बढ्न सक्ने अनुमान छ । तसर्थ, डेंगु संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न स्थानिय सरकार, जनस्वास्थ्य कार्यालय लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । सर्वप्रथम त, संक्रमित लामखुट्टेको टोकाईबाट बच्न बचाउन नागरिक स्वयं सचेत हुन जरुरी छ । डेंगु गराउने लामखुट्टेको घर र कार्यलय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको सफा पानीमा अण्डा पारेर वृद्धि विकास गर्छ । उक्त संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टे संक्रमण गराउने नै हुन्छन् । डेंगु संक्रमण नियन्त्रण गर्न कार्यस्थल वरपर लामुखट्टेकोवृद्धि विकास हुन नदिने र लामखुट्टेको टोकाईबाट बच्नु पहिलो उपाय हो ।
अघिल्ला बर्षमा झै संक्रमणले महामारीको रूप नलियोस् भन्नका लागि अहिलेदेखि नै सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्न जरुरी छ । डेंगु नियन्त्रणकालागि लामखुट्टेको लार्भा खोज्दै नष्टगर्नतर्फ स्थानीय तह, जनस्वास्थ्य लगायत सरोकारवाला निकायबिच समन्वय हुनुपर्नेदेखिन्छ । अतः डेंगु फैलिनु पुर्वनै सावधानि अपनाउन तर्फ जिम्मेवार निकाय गम्भिर हुनुपर्दछ ।