शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका कर्मचारीलाई प्रशिक्षण देऊ

बुधवार , श्रावण १६, २०८१

सरकारी कार्यालयमा धाउनु परेपछि सेवाग्राहिले झन्झट मान्ने गरेका छन् । राज्यले उपलब्ध गराउने सेवा, सुविधा लिन नागरिकलाई सास्ती हुने गरेको छ । जस्तो सुकै सानो काम भएपनि सरकारी कार्यालयकै लागि भनेर सेवाग्रहितले पुरा दिन छुटाउनुपर्ने बाध्यता छ । सेवाग्रहीलाई सरकारी कार्यालयको काम नखाउँ भने दिनभरी को सिकार, खाउँ भने कान्छा बाउ को अनुहार जस्तै भएको छ । अझ सरकारी कार्यालयमा कर्मचारीले गर्ने व्यवहारप्रति सेवाग्राहीको प्रायः असन्तुष्टि हुने गर्दछ । कर्मचारीको बोल्ने शैलि र सेवाग्राहिलाई गर्ने दुर्वयवहारले सरकारी निकायप् आलोचित बनिरहेको छ । वर्षेनि सरकारी निकायले कर्मचरीको क्षमता अभिवृद्धि र प्रशिक्षणको नाममा लाखौँ खर्च गरिरहृका छन् । अझ स्पष्ट भन्ने हो भने सरकारी निकायले कर्मचारीको लागि आयोजना गर्ने तालिम बजेट खर्च गर्ने मेशोमात्रै भएकोभन्दै आलोचना हुने गरेको छ । सरकारी कार्यालयमा सेवाग्राहीमाथि गर्ने व्यवहार विभेदकारी छ । मान्छेको हुलिया हेरेर कर्मचारीले व्यवहार गर्दा सरकारी कार्यालयमा जान आत्तिने गर्दछन् । तसर्थ, कर्मचारीलाई सेवाग्राहिसँग कसरी व्यवहार गर्ने, रिस व्यवस्थापन लगायत कामको विभाजनमा सरकारी कार्यालयको नेतृत्वले गम्भिरता पुर्वक मनन् गर्न आवश्यक छ ।

पछिल्लो समय सिन्धुलीका सरकारी कार्यालयमा युवा कर्मचारीको संख्या बढ्दो छ । सरकारी सेवामा युवाहरूको प्रवेशले राज्यको प्रशासनिक क्षेत्रमा पक्कैपनि सकारात्मक प्रभाव पारेको छ । तर, युवा कर्मचारीको अपरिपक्वताले सेवाग्राही पिडित बनेका छन् । युवा कर्मचारीले सरकारी सेवामा प्रवेश गर्दैगर्दा आफूले गरेको मिहिनेत र कठोर परिश्रम रिसको रूपमा सेवाग्राहीसँग पोख्ने गरेका छन् । तसर्थ, सरकारी कार्यालयलाई नागरिकमैत्री बनाउन कर्मचारीको व्यवहार सुधार्न र उनीहरूलाई उचित वातावरणमा काम गर्ने व्यवस्था गरिनुपर्छ । थोरै कर्मचारीले धेरै काम गर्नु पर्ने अवस्थाले पनि सेवाग्राही रिस पोख्ने डस्टबिन भएका छन् । अतः सरकारी कार्यालयका कर्मचारीको समस्याको समाधान गर्दै उनीहरुलाई सेवाग्राहिप्रति नरम बनाउन राज्यको संयन्त्रले चासो देखाउन जरुरी छ ।

प्रतिक्रिया