शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

राज्यको शासन प्रणालि बुुझाउ

मंगलवार , श्रावण १५, २०८१

नागरिकसँग राज्यको शासन प्रणालिका बारेमा पर्याप्त ज्ञान नहुँदा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुुत हुुन सक्दैन । कुनैपनि समस्या पर्दा नेतृत्वलाई मात्र सराप्ने प्रवृत्तिले देशको हित गर्दैन । विशेषगरि, युवाहरु राजनिति बुझ्न चाहदैँनन् । उनीहरु प्रक्रिया र प्रणालिलाई बुुझ्न खोज्ने भन्दापनि आलोचनामै रमाउने गरेका छन् । टोलको संरक्षणनै नबुुझ्नेले देश बिग्रियो भन्दै चिन्ता गर्नुु औचित्यहिन हो । वडाबाट उपलब्ध हुुने सेवाकै बारेमा जानकारी नहुनेले हरेक नकारात्मक पक्षलाई देशको नेतृत्वसँग जोड्ने गरेका छन् । देशमा कुशासन बढ्नुुको मुख्य कारणनै नागरिक सचेत नभएर हो । चुनावको समयमा अक्सर ‘जस्तो जनता, उस्तै नेता’ भन्ने उक्तिले चर्चा पाउँछ । मतदाताले उम्मेदवारलाई चिन्न नसक्दा धेरै ठाउँमा गलत प्रवृत्तिका व्यक्ति निर्वाचित हुने गरेका छन् । देश बुुझ्नकालागि टोल बुुझ्नुपर्छ । तर, टोल बुुझ्नैलाई हामीले प्रयत्न गरेका छैनौँ । तसर्थ, राज्यले वडादेखि देश कसरी चल्छ भन्ने ज्ञान बाढ्न विशेष प्राथमिकता दिन जरुरी छ ।

स्थानीय सरकार टोलटोलमा पुुगेपनि स्थानिय सरकारको काम कार्वाहीका बारेमा नागरिक सचेत छैनन् । नागरिकको आँखैँ अगाडी लाखौँको योजनामा आर्थिक अनियमितता र गुणस्तरहिन काम हुँदा समेत कसरी उजुरी गर्ने र कुन निकायलाई गुहार्ने भन्ने जानकारी सर्वसाधरणमा छैन । तसर्थ, वडा देखि नगरपालिका÷गाउँपालिका र जिल्ला हुदैँ प्रदेश र देशको बारेमा जानकारी दिन राज्यले लगानी बढाउन जरुरी छ । स्थानिय तहले पनि हरेक आर्थिक वर्षमा नागरिकलाई राज्य व्यवस्था, जनप्रतिनिधि र कर्मचारीको कर्तव्य र नागरिकको अधिकारका बारेमा सचेतना बढाउन आवश्यक छ । अतः स्थानिय पाठ्यक्रम देखि हरेक सर्वसाधरणलाई राज्यको शासन प्रणालि बुुझाउन तर्फ राज्यको संयन्त्र गम्भिर हुनुपर्दछ ।

प्रतिक्रिया