शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा सबैले अपनत्व गर्ने किसिमको संरचना बनाऊ

शुक्रवार , श्रावण ११, २०८१

सिन्धुलीमा एकपछि अर्को संरचना निर्माणका कामहरु भइरहेको छ । जिल्लाका स्थानिय तहमा वडा कार्यालय निर्माण देखि दर्जनौँ भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेको छ । जिल्लामा निर्माण हुने सबै प्रकारका संरचना अपांगमैत्री छैनन् । अधिकांश संरचना अपांगमैत्री नभएको गुनासो छ । जिल्लामा निर्माण भएका सरकारी तथा निजी भौतिक संरचनाहरू अपांगमैत्री नभएका कारण अशक्त तथा अपांगहरूले सहजरूपमा सेवा लिन सकेका छैनन् । भौतिक अवरोध, सामाजिक धारणा, सरकारी नीति र पहुँचको सिमांकनका कारण जिल्लामा अपांगमैत्री वातावारण सिर्जना हुन नसकेको देखिन्छ । तसर्थ, जिल्लामा अब निर्माण हुने सबै संरचनाहरू अपांगमैत्री हुनुपर्नेमा सरोकारवाला निकायले आवाज उठाउन जरुरी छ ।

अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन ०७४ ले निर्दिष्ट गरे अनुरूप सबै खाले भौतिक संरचनाहरू अपांगमैत्री हुनुपर्ने भएता पनि जिल्लामा भने कतिपय संरचनाहरू सोही अनुरूप निर्माण हुन सकेका छैनन् । त्यसैले, सरोकारवाल निकायले अब बन्ने भौतिक संरचनाहरु अपांगमैत्रि हुनुपर्नेमा जोड दिन आवश्यक छ । जिल्लामा निर्माण हुने भौतिक संरचनाहरूमा ह्विलचियर प्रवेशद्वार, सडकपेटी पहुँचयुक्त, सार्वजनिक शौचालय, बसपार्क लगायतका ठाउँहरू अपांगमैत्री निर्माण गर्न अत्यावश्यक छ । अतः नागरिक सबै एकै हुन् र राज्यले लगानी गरेर निर्माण गरेको संरचनामा सबै नागरिकले अपनत्व गर्नेगरि निर्माण काम अघि बढाउन जरुरी छ ।

प्रतिक्रिया