शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा अपराधिक गतिविधि नियन्त्रण गर

सोमवार , श्रावण ७, २०८१

सिन्धुलीको फिक्कल गाउँपालिकामा फलेको बोधिचित्त लुटपाट भएको घटनाले अहिले सर्वत्र चर्चा पाएको छ । पिडित पक्षलाई राज्यको संयन्त्रले सहयोग गर्नुको सट्टा उल्टै पिडा थप्ने काम भएको पिडितले गुनासो गरेका छन् । कानुनि राज्यमा कोहि कसैले अरुको अधिकार हनन् गर्न पाउदैँनन् । तर, राज्यको संयन्त्र अगाडिनै गैरकानुनी गतिविधि भइरहदा समेत घटनालाई थाम्थुम पार्न खोज्नु कानुनी राज्यको उपहास हो । सिन्धुलीमा भएको बोधिचित्त लुटपाटको घटनाले जिल्लाकै छविमाथि आँच पुर्‍याएको छ । यहाँको जिल्ला प्रशासन, सुरक्षा संयन्त्र, स्थानिय सरकार लगायत जिम्मेवार निकायले यस विषयलाई नजरअन्दाज गर्नु भनेको कानुनि राज्यमाथिनै धावा बोल्नु सरह हो । तसर्थ, बोधिचित्त प्रकरणको सत्य, तथ्य छानबिन गरि दोषिमाथि कार्वाहि गर्न जिल्लाको जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।

तीनवटा राजमार्ग रहेको सिन्धुलीको सिमानालाई १० वटा जिल्लाले छोएको छ । सुरक्षाको हिसाबलेपनि यस जिल्ला संवेदनशिल छ । भौगोलिक कारणले गर्दा यहाँ अपराधिक क्रियाकलाप भइरहन्छ । खयरको काठ ओसारपसारदेखि लागुऔषध लगायतका गैरकानुनि सामाग्री सिन्धुली हुदैँ ढुवानि हुने गरेको छ । सुरक्षा संयन्त्रले मात्रै अपराधिक गतिविधि नियन्त्रण गर्न असंभव रहेकोले यहाँको स्थानिय सरकार देखि जनप्रतिनिधिले गैरकानुनि क्रियाकलाप नियन्त्रण गर्न हातेमालो गर्न जरुरी छ । सुरक्षा संयन्त्रलाई मात्र दोष दिएर पन्छिने भन्दापनि एकजुट भएर अपराधिक गतिविधि नियन्त्रण गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । अतः सिन्धुलीमा बढ्दै गइरहेको गैरकानुनी क्रियाकलापलाई निमिटान्न पार्न यहाँका सरोकारवाला निकायले विशेष चासो देखाउन जरुरी छ ।

प्रतिक्रिया