शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अभिभावकत्व ग्रहण गर

बिहिवार , श्रावण ३, २०८१

सिन्धुली लगायत देशभर बाढी र पहिरोले धनजनको क्षति भएको छ । बाढीले क्षति पु र् याइरहदा सरकारी राहत तथा पुनस्र्थापनको काम प्रभावकारी नुहदा सर्वत्र आलोचना भइरहेको छ । डुवानबाट पीडितलाई बसोबार र खाद्यन्न लगायत भत्केका घर बनाउन सरकारले तत्काल राहत वितरण गर्नुपर्छ । बाढी भएको क्षेत्रमा रोगको महामरी र सर्पदंशका विरामीको संख्या बढेको समाचार आएका छन् । महामारी फैलिन नदिन सरकारले अस्थाई स्वास्थ्य क्याम्पको स्थापना गर्नुपर्ने देखिन्छ । बाढीका कारण सर्पको विगविगी भएकाले त्यसक्षेत्रमा पर्याप्त मात्रमा औषधी उपलब्ध गराउन आवश्यक छ ।

यता डुवानले कृषि क्षेत्रमा मात्र लाखौँ नोक्सान भएको अनुमान छ । डुवानका कारण धानवालीमा खासै समस्या नभएपनि नदी कटानले क्षति पुर्‍याएको छ । कृषिसँग आबद्ध संघ, संस्थाले राहतका कार्यक्रम ल्याउन सकेको छैन । बाढी र डुवानले सिंचाइ संरचनामा ठुलो क्षति भएको छ । बाढी पहिरो तथा डुवानले मानवीय, पशुपंक्षी, पूर्वाधार तथा उर्वर भूमिमा क्षति पुर्‍ याउदा अर्थतन्त्र उत्पादन क्षमतामै प्रतिकूल प्रभाव पार्ने जोखिम देखिएको छ । तसर्थ, धनजनको क्षति भएकाले तीनै तहको सरकारको बलियो उपस्थिती आवश्यक छ । अतः पीडित जनतालाई तत्काल राहत वितरण गर्न सरकार गम्भिर हुनुपर्ने देखिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया