काठमाडौँ,०१ साउन – प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थन पाएका प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेसँगै वर्तमान सत्ता समीकरण दुईतिहाइतर्फ उन्मुख रहेको नेताहरूले बताएका छन्।
प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने घोषणा गरेका जनमत पार्टी र जनता समाजवादी पार्टी नेपालसहितका कतिपय साना दल अहिलेसम्म मन्त्रिमण्डलमा सहभागी छैनन्।
ती दलका नेताले सरकारमा सहभागी नभए पनि आफूहरूले प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदा उनलाई समर्थन गर्ने जनाएका छन्।
एमालेका एक जना नेताले राजनीतिक स्थायित्वका लागि नयाँ समीकरण बनेको भन्दै अहिले गठन भएको मन्त्रिपरिषद्मा आगामी दिनमा थप सदस्यहरू पनि थपिन सक्ने बताए।