शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुनको बालाको खेतीमा समस्यै समस्या

शनिवार , आषाढ ३०, २०८१

सिन्धुलीमा करिब १२ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको छ । बागमती प्रदेशका १३ जिल्ला मध्ये सिन्धुली सबैभन्दा बढि धान उत्पादन हुने जिल्लाको तेश्रो स्थानमा पर्दछ । जिल्लामा झण्डै १२ हजार हेक्टर जग्गामा ४२ हजार बढि मेट्रिक टन धान उत्पादन हुदैँ आएको छ । तुलनात्मक रुपमा सिन्धुलीमा धान उत्पादनमा कमि भएको छ । धानबालीमा देखिएका विभिन्न रोग र प्राकृतिक कारणले कृषकलाई अन्नबालि भित्र्याउने बेला बज्रपात पर्ने गरेको छ । धान पसाउने समयमा युरिया मलको अभाव र वातावरण अनुकुल नहुँदा धान उत्पादनमा ह्रास आइरहेको कृषकको गुनासो छ । सिँचाइको भरपर्दो व्यवस्था नभएकाले पनि किसानलाई समस्या हुने गरेको छ । वार्षिक सिँचाइको लागि भन्दै सिन्धुलीमा करोडौँको बजेट विनियोजित भएपनि पानीको अभावका कारण धान खेतीबाट किसान पलायन भइरहेका छन् ।

नेपालमा धान खेतीलाई सुनको बालाको खेती पनि भनिन्छ । सुनको बालाको खेती गर्न भने समस्याको चांग नै रहेको कृषकको गुनासो छ । राज्यले उपलब्ध गराउने सेवा, सुविधामा पहुँचवालाकै दबदबा हुने गर्दा वास्तविक धान कृषक अनुदान, सहयोग, सहुलियतपुर्ण ऋण लगायत सुविधाबाट वञ्चित भएका छन् । युरिया मलको अभावका कारण वर्षेनि कृषकले पापड बेल्नुपर्ने अवस्था छ । स्थानिय सरकार लाचार हुँदा कृषक अभिभावकविहिन जस्तै भएका छन् । त्यस्तै, मिहिनेत अनुसार किसानले धानको मूल्य पाइरहेका छैनन् । तसर्थ, कृषकको समस्या समाधान गर्न तीनै तहको सरकारका निकायले विशेष चासो देखाउन जरुरी छ । त्यसैगरि, किसान आबद्ध संघ, संस्थाले राजनीति भन्दा बढि किसानको हकहितमा आवाज बुलन्द बनाउनुपर्ने आवश्यकता छ ।

 

प्रतिक्रिया