मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहनआदि वातावरणीय विनाशका प्रमुख कारणहरू हुन् । पछिल्लो समय सिन्धुलीमा वातावरणीय विनाशको क्रम बढ्दो छ । ठूलाठूला कन्क्रिट घरहरु बन्ने तीव्र प्रतिस्पर्धा, जथाभावी फालिएका फोहोरका पोकाहरु, खुला रुपमा गरिने दिसापिसाब, कुला, खोल्चा, बाटो, खाली ठाउँभरी प्लास्टिकले गर्दा जिल्लामा वातावरण प्रदुषण भइरहेको अवस्था छ । वातावरण संरक्षणको विषय विकासको अवरोधका रुपमा नभई दिगो विकासका लागि हो । त्यसैले, वातावरण संरक्षणमा सबै जुट्न आवश्यक छ ।
वातावरण संरक्षणका लागि विकास कार्यहरू रोक्न आवश्यक छैन । बरु, वास्तवमा प्रदूषणको मात्रा हेरेर त्यसको दोब्बर वातावरण संरक्षणको काम गर्ने हो भने वातावरण संरक्षणमा ठूलो योगदान पुग्न सक्छ । तसर्थ, वातावरण संरक्षणकालागि सबै सचेत हुन जरुरी छ । सरकारले पनि प्रदूषण नियन्त्रणकालागि विशेष प्राथमिकता दिनुपर्छ । अव्यवस्थित सहरीकरण र त्यसबाट सिर्जित भएका समस्यालाई पहिचान गरेर समाधान गर्नुनै ठूलो उपलब्धि हो । त्यसैले, वातावरण संरक्षणमा सबै पक्ष सजग हुन आवश्यक छ । अतः वातवारण प्रदुषणकोलागि अरुलाई दोष थोपरेर पन्छिने भन्दा पनि वातावरण संरक्षणमा आफूले गर्न सक्ने योग्दानलाई कार्यान्वयन गर्न जरुरी छ ।