शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मधेस सरकारबाट ४ दलका ६ मन्त्री बर्खास्त

शनिवार , आषाढ २३, २०८१

जनकपुरधाम – जनमत नेतृत्वको मधेश सरकारले चार वटा दलका ६ मन्त्रीलाई बर्खास्त गरेको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार विश्वासको मत लिनु अघि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका मन्त्रीहरु बर्खास्त गर्नु भएको हो ।

माओवादी केन्द्रबाट मन्त्री बन्नुभएका अर्थमन्त्री भरतप्रसाद साह र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, एकीकृत समाजवादीबाट मन्त्री बनेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपाने र उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नु भएकी श्रम तथा यातायात मन्त्री उर्मिलादेवी सिंह चौधरी र संघीय समाजवादी पार्टीबाट मन्त्री बन्नु भएकी गृह, संचार तथा कानुनमन्त्री बिमला अन्सारी बर्खास्तीमा पर्नु भएको छ ।

मुख्यमन्त्री सिंहले उहाँहरूलाई बर्खास्तसहित मन्त्रिपरिषद पुनर्गठनको पत्र प्रदेश प्रमुख कार्यालयलाई पठाउनु भएको छ । मुख्यमन्त्री सिंहले एमालेका चार मन्त्री र जनमतका एक मन्त्री यथावत राख्नु भएको छ ।

प्रतिक्रिया