शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

शान्ति प्रक्रिया सकियो

बुधवार , आषाढ २०, २०८१

लेखक : बिनोद दाहाल

बृहत् शान्ति संझौता भएको २ दशक नपुग्दै भत्किएको छ । क्रान्तिकारी र प्रतिक्रियावादीको संसदवादी तप्कासँगको शान्ति संझौता सोमवारराती संसदवादीको एकपक्षीय निर्णबाट भत्किन पुगेको हो । संविधान संशोधन गरेर अवैधानिक सरकार बनाउने प्रतिक्रियावादी हरकतसँगै सारतः शान्ति प्रक्रिया भत्किन पुगेको हो । अवका एक महिना हरेक निर्णयहरूबाट नेपाली राजनीति तरंगित हुन पुग्नेछ । पुष्पकमलले एक महिना भित्र विश्वासको मत लिने प्रयास थाल्नेछन् भने प्रतिक्रियावादीको संविधान संशोधनमार्फत वैधानिक हुने प्रयासलाई असफल पार्ने प्रयत्न गर्नेछन् । पुष्पकमलले राष्ट्रिय सरकार गठनको प्रयत्न जारिराख्नेछन् भने प्रतिक्रियावादीका ०४७ को सार बोक्ने संविधान बनाउने प्रयत्नलाई असफल पार्ने प्रयत्नमा लाग्नेछन् । बरू क्रान्तिकारिहरू के प्रयत्नमा रहलान् ? पहलकदमी लिने बेलामा सँधै असफल भएको यो शक्ति फेरि पनि भूमिका बिहीन भएका देखिन्छ । आधारातमा निशाचर शिकारिहरू रमाउनुअघि अर्थात ४ घण्टाअघि मैंले लेख काटेको थिएँ र लेखेको थिएँ, “यहाँ धेरै नै राजनीतिक भ्रम छ । अहिलेको राजनीतिक व्यवस्था माओवादीको प्रतिक्रियावादी वर्गको एक तप्कासँगको संझौताबाट बनेको हो । यो व्यवस्था आएपछि केही राम्रा र केही नराम्रा परिणामहरू देखिएका छन्, मुलतः राम्रो परिणाम देखापरेको छ । न अहिले सत्तामा माओवादी छ न त प्रतिक्रियावादी छन् । यो सत्ता संझौता नतोडिइन्जेल सम्मको हो । संझौता तोडिएपछि वा यो व्यवस्थामा संकट उत्पन्नभएपछि स्वतः उथलपुथल हुनेछ । न यहाँ हौसिनु छ न निराश हुनुपर्ने अवस्था छ ।“ नभन्दै मानव तस्कर मुद्दामा फसेको बेचन झा मार्फत प्रतिक्रियावादी ठूला दलका नेतृत्वहरू फस्ने स्थिति आईसकेको थियो र रवीलाई पुराना भ्रष्टाचार र तस्करीका फाईलहरू खोलेर कारवाहीको लागि दवाव बढिरहेको उनीहरूले नजिकबाट हेरिरहेका थिए । बच्ने उपायस्वरुप बडाभ्रष्टाचारिहरूले असंवैधानिक बाटो रोज्न पुगेका छन् र विकासशील देश हुने बाटोमा लागेको नेपाललाई फेरि भड्खालामा हाल्ने र लुटको स्वर्ग पुनःस्थापित गर्ने दुस्प्रयास गर्न पुगेका छन् । शान्ति प्रक्रियाको एक पक्षलाई शान्ति प्रक्रियाका मुद्दाहरू यथावत राखिरहेको अवस्थामा संविधान नै फेरेर प्रतिगमनतिर जान सम्भव छैन भन्ने उनीहरूले सायदै बुझ्लान् किनकि आजसम्म सहि निर्णयमा पुग्न उनीहरूलाई अर्कैले डोहोर्याउनुपरेको ईतिहास छ । मध्यरातको सहमती सरकार परिवर्तन हैन सत्ता परिवर्तन हो । शान्ति प्रक्रियाको एकपक्ष प्रतिक्रियावादीको तप्का मिलेर संविधान नै परिवर्तन गरेर र संविधान भित्र नरहेको सरकार बनाउने कसरथ साम्राज्यवाद र विस्तारवादको योजनाको कार्य हो । यसमा सामेलहुनेहरू कठपुतलीबाहेक केही हैनन् । यो सहज हुँदैन र उथलपुथल दिनहरू शुरु भएका छन् । पुष्पकमलको संसदवादी ओरालो यात्राको अन्त्य भएको छ । अहिलेसम्म संसदमा खेलेर मस्ती गर्ने घृणित अवशरवादी माओवादीहरूको खासमा काम पनि थिएन, अब त झन् ती वेकम्बा हुनेछन् !

प्रतिक्रिया