हरेक वर्ष मनसुन शूरु भएपछि सिन्धुलीमा बाढी र पहिरोले वितण्डा मच्चाउने गरेको छ । जिल्लामा वर्षायाममा राजमार्ग अवरुद्ध र भौतिक संरचनामा क्षति त सामान्य जस्तै भइसकेको छ । बाढी र पहिरोले जिल्लाका धेरै क्षेत्र जोखिममा परेको छ । जोखिमयुक्त क्षेत्रबाट बस्ती स्थान्तरण लगायत पुर्वतयारीको प्रयास अत्यावश्यक छ । तर, प्राकृतिक प्रकोपले निम्ताउन सक्ने क्षति नियन्त्रणकालागि जिम्मेवार निकाय पुर्वतयारीमा भन्दा पनि प्रकोपपछि राहत वितरणमा बढि सक्रिय देखिएका छन् । प्राकृतिक प्रकोपले वर्षेनि सिन्धुलीमा मानविय तथा भौतिक संचरनामा क्षति पु¥याइरहेको छ । राज्यको संयन्त्रले पुर्वतयारीकालागि आफूहरु तयार भएको बताएपनि सन्तोषजनक काम नभएको प्राकृतिक प्रकोपका पिडितहरुले गुनासो गरिरहेका छन् । सर्वप्रथम, जिल्लामा रहेका जोखिमयुक्त क्षेत्रको पहिचान गर्न जिम्मेवार निकाय असफल भएका छन् । अहिले पनि पहिरोको जोखिममा थुप्रै घरहरु छन् प्राकृतिक प्रकोपले निम्ताउने मानविय तथा भौतिक क्षति न्युनिकरणकालागि राज्यको संयन्त्र गम्भिर नहुने हो भने आगामी दिनमा ठूलै क्षति नहोला भन्न सकिन्न । तसर्थ, सम्बन्धित निकायले जोखियुक्त क्षेत्रको पहिचान गरि यथासिघ्र बस्ती स्थान्तरण लगायतका काममा ध्यान दिन आवश्यक छ ।
सिन्धुलीमा वर्षेनि तठबन्धन, पहिरो रोकथामकालागि संरचना निर्माण लगायत प्राकृतिक प्रकोपबाट हुनसक्ने जोखिम न्युनिकरणलकालािग करोडौँ रुपैँया खर्च भइरहेको छ । तर, बाढी र पहिरोका कारण हरेक वर्ष बढि क्षति भइरहेको अवस्था छ । तसर्थ, मनसुन सक्रिय भइसकेको अवस्थामा जिल्लाका सुरक्षा संयन्त्र, स्थानिय सरकार लगायत जिम्मेवार निकायले प्राकृतिक प्रकोपको क्षति न्युनिकरणकालागि आवश्यक तयारी गर्न ढिलाई गर्नुहुदैँन । अतः क्षति न्युनिकरणकालागि जोखियुक्त क्षेत्रको पहिचान गरि पुर्वतयारीकालागि अग्रसर हुन जरुरी छ ।