सिन्धुलीमा पछिल्लो समय मोडिफाइड(परिमार्जित) मोटरसाइकलको बिगबिगि बढेको छ । मोडिफाइड बाइकले गर्दा जिल्लामा ध्वनि प्रदुषण भइरहेको छ । विशेषगरी, रातको समयमा ठूलो आवाज निकालेर गुड्ने मोटरसाइकलले निद्रा खल्बलाउने गरेको स्थानीयले गुनासो गरेका छन् । त्यस्तै, हस्पिटल रोडमा गुड्ने ठूलो आवाजको मोटरसाइकलले बिरामीलाई समेत झर्को बनाएको अवस्था छ । जिल्लामा स्वरुप परिवर्तन (मोडिफइड) गरी चर्को आवाज निकालेर कुदाउने बाइक ट्राफिक प्रहरीको निशानामा पर्न सकिरहेको छैन । ठूला आवाज गरेर दौडिने बाइक नियन्त्रण गर्न जरुरी देखेका छ । यस्ता बाइकले मान्छेको ज्यान नै जोखिममा परेको गुनासो आउन थालेको छ । चर्को आवाजका कारण काठमाडौँमा एक महिला बेहोस भएको घट्ना पनि ताजै छ । त्यसैले, सिन्धुलीमा पनि स्वरुप परिवर्तन गरि चर्को आवाज निकाल्ने बाईक लगायत सवारीसाधनलाई नियन्त्रणमा लिई सवारीधनिलाई कार्वाहीको दायरामा ल्याउन जरुरी छ ।
स्वरुप परिवर्तन गर्दा अन्यलाई कुनै क्षति नभएपनि स्वयं चालकलाई जोखिम हुन्छ । त्यस्ता बाईकहरु दुर्घट्ना हुँदा धेरै मानविय क्षति हुने गरेको तथ्यांकले देखाएको छ । तसर्थ, सिन्धुलीमा मोडिफाइड बाईकको बिगबिगि बढेको हुँदा त्यस्ता बाईकको पहिचान गरि आवश्यक कार्वाही गर्नतर्फ ट्राफिक प्रहरीको ध्यान जान आवश्यक छ । त्यसैगरि, जिल्लामा रहेका मोटरसाइकल मर्मत गर्ने पसलका संचालकलाई समेत छलफलमा बोलाएर बाईक मोडिफाइ नगर्न प्रहरीले सुझाव दिन जरुरी छ ।