शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सडक मर्मत गर्न ढिलाई नगर

शुक्रवार , जेठ ११, २०८१

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीकै मुख्य बजार क्षेत्रमा सडक भत्किएका छन् । सडकको दुर्गतिका कारण दुर्घटनासँगै यात्रुलाई सास्ती हुने गरेको छ । जिल्लाका अन्य स्थानिय तहमा त झनै सडकको दुर्दशा बेग्लै छ । मनसुन शुरु हुन अब केहि समय बाँकी छ । मनसुन शुरु भएपछि सिन्धुलीमा यात्रुलाई हैरानिनै हुने गर्दछ । सडक मर्मतमा ढिलाई र क्षमताभन्दा बढि वजन भएका गाडीहरुको संचालनले गर्दा जिल्लाका सडकहरु अव्यवस्थित र जोखिमपूर्ण भएको छ ।

ग्रामीण सडक मात्रै नभएर देशकै नमूना राजमार्ग विपी राजमार्गमामा समेत बढ्दो खाल्डाखुल्डीले जोखिम त बढाएकै छ, कुरुप पनि भएको छ । बेलाबखत राजमार्गका खाल्डाखुल्डी पुर्ने काम भएपनि पनि दिगो काम नहुँदा सडक व्यवस्थित हुन नसकेको छ । त्यस्तै, ठूला गाडी संचालनमा सम्बन्धित पक्षहरुको मौनताले गर्दा पनि राजमार्ग कुरुप हुदैँ गएको छ । सडक संरक्षण सबै नागरिकको कर्तव्य हो । त्यसैले, सडकको संरक्षणकालागि सबै जुट्न आवश्यक छ । अतः सडक संरक्षण र व्यवस्थापनकालागि सरोकारवाला निकाय गम्भिर भएर काम गर्न जरुरी छ । त्यस्तै, खाल्डाखुल्डी भएका सडकको तत्काल मर्मत गर्न सम्बन्धित निकाय गम्भिर हुनुपर्दछ ।

प्रतिक्रिया