शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पुर्वतयारीमा जुटौँ

बिहिवार , जेठ १०, २०८१

मनसुन नेपाली जनजीवनसँग  अभिन्न गरी जोडिएको छ । खासगरी यसले धान रोपाईँको मौसम लिएर आउँछ । सँगसँगै बर्खाका कारण आउने प्राकृतिक प्रकोपहरू पनि यसका अभिन्न अंग हुन् । हरेक वर्ष मनसुनी – वर्षाका कारण बाढी, पहिरो र चट्याङका कारण थुप्रै जनधनको क्षति हुने गरेको छ । सिन्धुलीमा बाढी, पहिरोले गर्दा वर्षेनि भौतिकसँगै मानविय क्षति हुने गरेको छ । हरेक वर्ष मनसुनले सिन्धुली लगायत देशका धेरैजसो जिल्लाहरुमा त्रास र पीडा थप्ने गरेको छ । वर्षेनि बाढी र पहिरोले सिन्धुलीमा मानविय तथा भौतिक क्षति पुर्‍याइरहेको छ । जिल्लाको नौँवटै स्थानिय तहमा पहिरोको जोखिम उत्तिकै छ । बाढीका कारण कमलामाई र दुधौली नगरपालिका, गोलन्जोर, सुनकोशी र मरिण गाउँपालिकामा वर्षेनि मानविय तथा भौतिक क्षति बढिरहेको छ ।

तत्कालको लागि भने स्थानीय तहले मनसुनले निम्ताउन सक्ने वितण्डा न्युनिकरण तर्फ ध्यान दिन जरुरी छ । मुख्यतः सिन्धुलीमा रहेका राजमार्गमा क्षति न्युनिकरणलकालागि जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ । विपी राजमार्गमा वर्खायामको समय पहिरोले सडक जाम हुने गरेको छ । राजमार्गको विभिन्न खण्डहरुमा पहिरो खसेका कारण सडक अवरुद्ध हुने गरेको छ । उक्त राजमार्गमा वर्षातको मौसममा हिँड्न समेत जोखिम हुने गरेको छ । तसर्थ, तत्कालै मजबुत रिटेन्सन पर्खाल निर्माण गर्न नसकेपनि पहिरो खसेको अवस्थामा आकस्मिक उद्धार र सडक सरसफाईकालागि आवश्यक सामाग्री तयारी अवस्थामा राख्न जिम्मेवार निकायले गृहकार्य गर्न ढिलाई गर्नुहुदैँन । अतः मनसुन शुरु नभईसकेपनि मनसुनले निम्ताउन सक्ने मानविय एवं भौतिक क्षति न्युनिकरण गर्न एक्यबद्ध भएर अघि बढ्न जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया